+
+
Shares

डोमले छोएको इनारमा जानै छाडे गाउँले

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २१ गते १६:५९

२१ साउन, सिरहा । सिरहाको धनगढी गाविसस्थित नैनपुर गाउँमा डाम परिवारमाथिको छुवाछुत सम्वन्धी विवाद साम्य हुनुको साटो झन जटिल बनेको छ । प्रहरीको रोहबरमा बुधबार डोम परिवारले इनारबाट पानी झिकेपछि गाउँलेहरु सो इनारमा जानै छाडेका छन् ।

स्थानीय पुलकित मलिकको परिवारलाई इनारबाट पानी झिक्न नदिएको विषयमा विवाद झागिँदै गएपछि प्रहरी-प्रशासनले हस्तक्षेप गरेको थियो । प्रहरीको दबाव परेपछि गाउँलेहरु डोम परिवारलाई इनार छुन दिन सहमत भएका थिए । सहमतिपछि पुलकित मलिककी श्रीमतीले स्थानीय रामऔतार महतोको इनारबाट पानी झिकेकी थिइन् ।

मलिक परिवारको सुरक्षालाई ध्यानमा राख्दै पाँच जना प्रहरी गाउँमा परिचालन गरिएको थियो ।

यसैबीच सिरहाका जिल्ला प्रशासन प्रमुख मानबहादुर नेपाली बिहीबार नैनपुर गाउँमा पुगेका छन् । उनले पीडित र पीडक दुबै पक्षसित छलफल गरेका थिए ।

पीडित पक्षले सिडियोसित आफूहरुमाथि दुव्र्यहार गर्ने र धाक धम्की दिनेमाथि कारवाहीको माग राखेका छन् । प्रजिअ नेपालीले यस प्रकरणमा अहिलेसम्म प्रहरीमा उजुरी नपरेकाले कारवाही गर्न समस्या भएको बताएका थिए । त्यसपछि मलिक परिवार प्रहरीमा उजुरी गर्न तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?