+
+
Shares

राजेन्द्र महतो भन्छन्-संविधान रद्धिको टोकरीमा फालिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १२:१०

२८ भदौ, वीरगन्ज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभामा रहेका मधेसी सभासदहरुलाई संविधानसभा छाडेर आन्दोलनमा आउन आग्रह गरेका छन् । उनले संविधानसभाबाट फिर्ता गराउन मधेसी समुदायलाई दबाव सिर्जना गर्न पनि आग्रह गरे ।

फाइल तस्वीर
फाइल तस्वीरसोमबार पर्साको वीरगञ्जस्थित एक होटलमा आयोजित पत्रकार भेटघाटमा महतोले मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, एमाओवादी लगायत दलका सभासदहरु साक्षीमात्र बनेको टिप्पणी गरे ।

मधेस विरोधी संविधान बन्न लागेकाले मधेसी समुदायलाई मान्य नहुने बताए । उनले भने, ‘विगतका संविधानलाई जसरी जनताले अस्वीकृत गरेका थिए, त्यसैगरी अहिले बन्न लागेको संविधान पनि रद्धिको टोकरीमा फालिन्छ ।’

वीरगन्जको कर्फ्यू खुकुलो

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका कारण स्थिति तनावग्रस्त भएपछि वीरगन्जमा लगाइएको कर्फ्यू स्थानीय प्रशासनले खुकुलो पारेको छ । यसअघि विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म लाग्दै आएको कर्फ्यू सोमबार विहान ९ बजेदेखि ११ बजेसम्म मात्रै लगाइएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?