Comments Add Comment

शक्तिशाली ‘पर्यटन प्रवर्द्धन परिषद’ बनाउने मन्त्रीको उद्घोष

४ मंसिर, काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले पर्यटन बोर्डलाई नेपाल पर्यटन प्रवर्द्धन परिषदमा रुपान्तरण गर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा पर्यटन पत्रकारसँगको अन्र्तक्रियामा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘हामी परिषदलाई शक्तिशाली र Aananda-Pokhrealप्रभावकारी बनाउँछौं’ उनले भने-‘जसले मुलुकको पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्नेछ ।’

पर्यटनसँग सम्बन्धित धेरै संघसंस्था राख्नुभन्दा परिषद बनाएर एकै ठाउँबाट पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने मन्त्री पोखरेलको भनाई छ । उनका अनुसार परिषद अधिकार सम्पन्न हुनेछ । जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने छुट्टा छुट्टै विभाग हुनेछन् ।

परिषदमा पर्यटन अनुसन्धान सेन्टर हुनेछ । यसले नयाँ-नयाँ पर्यटकी गन्तव्य तथा प्रोडक्टहरुको अध्ययन गर्नेछ । साथै, त्यहाँ आवश्यक पूर्वाधार विकास गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सुझाव दिनेछ । अहिले नेपालको पर्यटन क्षेत्रमा अनुसन्धानको खाँचो देखिन्छ ।

मन्त्री पोखरेलले केही समयभित्र बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने आश्वासन दिएका छन् । ‘बोर्डमा सिइओ नियुक्त गर्न लोकसेवा आयोग, अख्तियार, सर्वोच्च अदालत, पुनरावेदन अदालत कसैले पनि रोक्न सक्दैन’ उनले भने- ‘सिइओ नियुक्त गर्ने गाँठो फुकाउँछु, विस्तारै फुक्दै पनि गइरहेको छ ।’

बोर्ड २०६८ सालदेखि प्रमुख कार्यकारी विहीन बनेको छ । बोर्डमा व्यक्ति विशेष नहेरी दक्ष व्यक्ति नियुक्त गर्ने दाबी गरेका छन् ।

मन्त्री पोखरेलले कुनै एउटा प्रदेशलाई पर्यटकीय गन्तव्य घोषणा गरेर सार्वजनिक निजी साझेदारी मोडलमा होटल तथा रिसोर्ट लगायतका पर्यटकीय पूर्वाधारहरुको विकास गर्ने घोषणा गरे । उनले यो काम छिट्टै हुने बताएका छन् ।

नेपाल वायुसेवा निगममा पनि आवश्यक जहाज थप्न कसैले पनि रोक्न नसक्ने मन्त्री पोखरेलले बताए । उनले निगममा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि ४/४ वटा जहाज थप्ने योजना बनाएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ दुईवटा न्यारो बडी र दुईवटा वाइड बडी जहाज हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment