+
+
Shares

राजाको बिँडो थाम्दै पशुपतिमा ‘कम्युनिष्ट’ राष्ट्रपतिको पूजा (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १३ गते १२:३९

President bidhya bhandari At Pasupatinath (19)

१३ पुस, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मन्त्रालय भागवण्डा गरेर देश र जनतालाई सास्ती दिइरहेका बेला ‘राष्ट्र कल्याण’ को कामना गर्दै ‘कम्युनिष्ट’ राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सोमबार विशेष पूजाअर्चना गरेकी छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार राष्ट्रप्रमुखले राष्ट्र कल्याणको कामना गर्दै पशुपतिनाथमा पूजा गरेको यो पहिलोपटक हो । र, राष्ट्रपति भण्डारीको इच्छा अनुसार नै यो पूजाको आयोजना गरिएको हो ।

‘राष्ट्रपतिको कार्यालयबाट यस्तो इच्छा जाहेर भएपछि हामीले कार्यक्रम राखेका हौं र उहाँ आउनुभएको हो’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले अनलाइनखबरसँग भने ।

President bidhya bhandari At Pasupatinath (1)

राष्ट्र संकट परेको अवस्थामा पशुपतिनाथमा संकट मोचन पूजा गर्ने लिच्छवीकालीन इतिहास र राजा महाराजाले जारी गरेको फरमानहरुमा उल्लेख रहेको बताइन्छ ।

तर, प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्ने गरे पनि यस्तो संकटमोचन पूजा भने गरेका थिएनन् ।

मुलुकमा भइरहेको संकट मुक्तिको कामना गर्दै वामपन्थी पृष्ठभूमिकी राष्ट्रपतिले विशेष पूजाअर्चना गरेकी हुन् । उनले मूल मन्दिरमा भट्टमार्फत राष्ट्रकल्याणको संकल्प गर्दै विशेष पूजा अर्चना गरेकी छन् भने मन्दिर परिसरमा रहेका मन्दिरहरुमा पनि पूजा गरेकी छन् ।

धर्मनिरपेक्ष मुलुककी राष्ट्रपति भण्डारी कम्युनिष्ट राजनीतिबाट आएकी हुन् । राष्ट्रपति हुनुअघि उनी एमालेकी उपाध्यक्ष हुन् र एमालेका जननेता मदन भण्डारीकी पत्नीसमेत हुन् । पशुपतिमा यसरी पूजा अर्चना गरेर संकट मोचन हुन्छ भन्ने सोचाइलाई कम्युनिष्ट एवं भौतिकवादीहरुले अन्धविश्वास मान्दै आएका छन् ।

President bidhya bhandari At Pasupatinath (8)

राष्ट्रपति विद्यादेवी भण्डारी विशेष पूजाका लागि पशुपति पुग्दा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्नो एक महिनाको तलव पशुपति क्षेत्र विकास कोषलाई दान गरेकी छन् भने चन्दा बक्समा पनि स्वेच्छाले रकम राखेकी छन् । राष्ट्रपतिसँगै पशुपतिमा पूजा गर्न गृहमन्त्री तथा एमाओवादी स्थायी समिति सदस्य शक्ति बस्नेत पनि पुगेका थिए । उनले रुद्राक्ष र फूलमाला लगाएका छन् ।

President bidhya bhandari At Pasupatinath (2) President bidhya bhandari At Pasupatinath (3) President bidhya bhandari At Pasupatinath (7) President bidhya bhandari At Pasupatinath (10) President bidhya bhandari At Pasupatinath (11) President bidhya bhandari At Pasupatinath (12) President bidhya bhandari At Pasupatinath (13) President bidhya bhandari At Pasupatinath (14) President bidhya bhandari At Pasupatinath (15) President bidhya bhandari At Pasupatinath (16)

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?