Comments Add Comment

बुद्ध जयन्तीमा बौद्ध धर्मालम्वी देशका संस्कृति मन्त्रीलाई बोलाइने

Lumbini-FInal

२४ माघ, काठमाडौं । सरकारले सिद्धार्थ गौतम बुद्धको २५ सय २६औं जन्मजयन्ती तथा बौद्ध सम्मेलनका अवसरमा बौद्धधर्म मान्ने देशका संस्कृति मन्त्रीहरुलाई निम्ता गर्ने भएको छ ।

आगामी वैशाख शुक्लपूणिर्माका दिन मनाइने बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय स्तरमा मनाउनका लागि बौद्धधर्म मान्ने देशका संस्कृति मन्त्रीलाई निम्ता गर्न लागेको संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले बताए ।

बुद्धजयन्ती व्यवस्थित रूपमा मनाउनका लागि आवश्यक तयारीका गर्न आइतबार लुम्विनी विकास कोषको बैठक बसेको थियो । बैठकमा कोषका अध्यक्ष समेत रहेका पोखरेलले लुम्विनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यापक प्रचार-प्रसार र बुद्ध धर्मको महत्व र गरिमा बढाउन पहल गरिने बताए ।

सिद्धार्थ गौतमको जन्मभूमि लुम्बिनी नै भएको अन्तर्राष्ट्रिय रूपमा जानकारी गराउने, बुद्ध धर्म तथा शिक्षाको अध्ययन, अनुसन्धान एवम अन्वेषणको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपाललाई विकास गर्ने बुद्धजयन्ती तथा सम्मेलनको उद्देश्य रहेको मन्त्रीको भनाई छ ।

सरकारले ‘लुम्बिनी, नेपाल : भगवान बुद्ध र बौद्ध दर्शनको स्रोत’ भन्ने नारासहित आगामी जेठ ८ गते मनाइने बुद्धजयन्ती मनाउँदै छ । जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय रूपमा बौद्ध सम्मेलन काठमाडौंमा आयोजना गरिने भएको छ भने जेठ ८ गते बुद्धजयन्ती लुम्बिनीमा मनाउने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment