Comments Add Comment

ओलीको आलोचना गर्दै कांग्रेस सांसदले भने- भुक्ने कुकुरले टोक्दैन

टीकापुर घटनामा पक्राउ परेकालाई रिहा गर्न थरुहटको माग

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामभन्दा कुरा बढी गरेको भन्दै नेपाली कांग्रेसले संसद बैठकमा आलोचना गरेको छ ।

Jagadishwor-Narsing-KC
फाइल तस्वीर

कांग्रेस सांसद जगदिश्वर नरसिंह केसीले प्रधानमन्त्री ओलीको आलोचना गर्दै भने, ‘भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुर भुक्दैन ।’

शून्य समयमा बोल्दै सांसद केसीले पानीजहाज किन्नेदेखि हावाबाट बिजुली निकाल्ने कुरा गर्ने वर्तमान सरकारले भूकम्पपीडितहरूलाई दुई लाख रुपैयाँ राहत पनि समयमा नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘हावा कुरा गर्ने यो सरकारले भूकम्पीडितलाई दुई लाख पनि दिन सकेको छैन’, उनले भने, ‘यो सरकारले धेरै कुरा नगरेर छिटोभन्दा छिटो दुई लाख दिनुपर्छ ।’

टीकापुर घटनामा पक्राउ परेकालाई रिहा गर्न माग

यसैबीच सांसदहरुले कैलालीको टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेकाहरुलाई रिहा गर्न माग समेत गरेका छन् ।

थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले अधिकार माग्दा कैलालीको टीकापुर घटनामा सरकारले दमन गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरिन् ।

संसद बैठकमा सांसद चौधरीले अधिकारका लागि संघर्षमा उत्रिएका थारुहरूलाई पक्राउ गरेर मुद्दा लगाएर सरकारले बिभेद गरेको आरोप लगाइन् । ‘थारुले अधिकार मागेर आन्दोलन गर्दा दमन गर्ने, मुद्दा चलाउने यस्तो विभेद गर्न पाइदैन’, उनले भनिन्, ‘टीकापुर घटनामा पक्राउ परेकाहरूलाई विनासर्त छाड्नुपर्छ ।’

कैलालीको टीकापुरमा गत वर्ष भदौ ७ गते थारु आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका उच्च अधिकारीसहित नौं जनाको हत्या भएको थियो ।

यसैबीच, थारु, मधेसी र जनजाति सांसदहरूले संसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म बैठकमा नबस्ने अडान दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment