‘पाइरेट्स अफ क्याराबियन’ चलचित्रका स्टार जोनी डेपले आफ्नी श्रीमति अम्बर हर्डलाई पिटेपछि उनी विरुद्ध उजुरी परेको छ । आफूलाई मारपिट गरेको भन्दै यी स्टार विरुद्ध पत्नीले नै उजुरी हालेकी हुन् ।
शुक्रबार अदालतमा पुगेकी अम्बरको अनुहारमा चोट लागेको थियो । गतबर्षको फ्रेवुअरी महिनामा यी दुइको बिहे भएको थियो । अम्बरले आफ्नो अनुहारमा लागेको चोट देखाउँदै पतिले मारपिट गरेको बताइन् । ५२ बर्षका जोनीलाई अदालतले पत्नीसँग १००० कदम टाढा रहन आदेश दिएको छ । अम्बरले अदालतमा केही तस्बिर पनि देखाएकी थिइन् ।
तस्बिरमा पतिले पिटेपछि बसेको घाउको निशाना देखिएको छ । जोनीले पत्नीलाई गत शनिबार पिटेका थिए । अम्बरका अनुसार उनका पति जोनीले उनलाई हानी पुर्याउन चाहन्छन् । अम्बरले अदालतमा भनेकी छिन्-‘हाम्रो सम्बन्धको अवधीमा जोनीले मलाई क्रुर तरिकाले पिट्ने गर्छन् । उनी ड्रक्स र मदिराको नशामा हुन्छन् ।’