Comments Add Comment

कृषि तथा जलस्रोत समितिको सभापति छान्न १४ गते चुनाव

Samsad-Krishi-samiti
फाइल फोटो

१० असोज, काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिको सभापति चयनका लागि १४ गते निर्वाचन हुने भएको छ ।

सभामुख ओनसरी घर्तीको आहृवानमा बसेको प्रमुख दलहरुको बैठकले समितिको सभापति चयनका लागि गरिने निर्वाचनको मिति तय गरेको हो । जस अनुसार १४ गते ५ बजे चुनाव हुनेछ । निवर्तमान सभापति गगन थापा स्वास्थ्यमन्त्री भएपछि सभापति पद रिक्त रहँदै आएको छ ।

लेखा समितिबारे भने निर्णय हुन सकेन । यसबारे १३ गतेको बैठकमा छलफल हुनेछ । लेखा समितिका तत्कालीन सभापति जनार्दन शर्मा प्रभाकर उर्जामन्त्री भएपछि यो पद पनि रित्त छ ।

छलफलमा सभामुख घर्तीले संसदीय सुनुवाई विशेष समितिलाई पूर्णता दिन आग्रह गरेका छन् । समितिका सदस्यहरु बालकृष्ण खाँड, प्रकाशशरण महत, हितराज पाण्डे मन्त्री भएका छन् ।

सच्याइएको-चुनावको मिति १४ हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment