+
+
Shares

सेवाग्राहीलाई सरकारको प्रश्न- घुस खुवाउनु परेको छ कि छैन ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १३:२३

Ministry-of-General-Administration,-Samanya-Prashasn-mantralaya

२४ पुस, काठमाडौं । सार्वजनिक प्रशासनप्रति सेवाग्राहीको सन्तुष्टी जाँच्न सामान्य प्रशासन मन्त्रालयले सर्वेक्षणको काम सुरु गरेको छ ।

मन्त्रालयले सेवाग्राहीको भिड हुने कार्यालयमा सेवाग्राहीलाई एउटा फाराम भराउने छ र त्यसको आधारमा सार्बजनिक प्रशासन सेवाग्राही मैत्री भए-नभएको जाँचिने छ ।

सामान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता नन्दराज ज्ञवालीले अनलाइनखबरसँग भने ‘सेवाग्राहीसँग सार्वजनिक प्रशासनको सन्तुष्टीको अवस्था खोज्ने काम सुरु गरेका छौं ।’

सेवाग्राहीको भिडभाड बढी हुने कार्यालयमा पुगेर तपाईं कर्मचारीबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर प्रश्न गरिनेछ । यस्तै फारममा सन्तुष्टि मापन फारममा सेवा लिँदा तोकिएको अतिरिक्त पैसा अर्थात घुस दिनु परेको छ कि छैन ? कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार कस्तो छ ? सेवा लिँदा झन्झट छ कि छैन ? लगायतका प्रश्न रहनेछन् । सेवाग्राहीलाई भेटेर ती प्रश्नहरुका उत्तर फारममा लेखिने छ ।

मन्त्रालयले सेवाग्राहीको सन्तुष्टीको दर र उनीहरुले गरेको गुनासोको आधारमा प्रशासन सुधारका लागि थप योजनाहरु बनाउने मन्त्रालयले जनाएको छ ।

सहप्रवक्ता ज्ञवालीले भने, ‘राम्रा पक्षहरुलाई निरन्तरता दिन ध्यान दिन्छौं र कमजोर पक्ष सुधार्न अभियान थाल्छौं ।’

यसअघि मन्त्री रेखा शर्माको पालामा पनि सामान्य प्रशासन मन्त्रालयले अधिकृत तहका कर्मचारीहरुलाई बिभिन्न जिल्लामा पठाएर सरकारी सेवाको अवस्थाबारे लिखित प्रतिवेदन बुझाउन भनिएको थियो । त्यतिबेला नयाँ अधिकृतहरुलाई पदस्थापन हुनुअघिको आवश्यक तालिम दिएर स्थलगत रिपोर्ट लिन जिल्ला-जिल्लामा पठाइएको थियो । प्रतिवेदन बुझाउने अधिकांशले झन्झटिलो प्रक्रिया र ढिलासुस्तीका कारण सेवाग्राहीले हैरानी खेप्नुपरेको भन्दै सरल र छिटो छरितो कार्यसम्पादनमा जोड दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?