Comments Add Comment

अष्ट्रेलियामा शक्तिशाली आँधी, हजारौं घरबारविहीन

२८ मार्च, सिड्नी । शक्तिशाली आँधी र वर्षाका कारण अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । स्थानीय प्रशासनले घर बाहिर ननिस्कन सूचना जारी गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री म्याकलम टर्नबुलले विपत क्षेत्रमा उद्धारकार्यलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

तर, आँधीका कारण कैयौं स्थानमा विद्युत आपूर्ति र टेलिफोन सेवा बन्द हुँदा उद्धारमा समस्या भएको अधिकारीहरुले बताएका छन् ।

आँधी र बाढीले हजारौं घरबारविहीन भएका छन् । २६३ किलोमिटर प्रतिघण्टाको वेगमा चलेको आँधीले करिब ४५ हजार भवनहरुमा क्षति पुगेको र विद्युत आपूर्ति अवरुद्ध भएको स्थानीय सञ्चार संस्थाहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले २५ सय जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

सबैभन्दा बढी क्वीन्सल्याण्ड प्रभावित भएको छ । क्वीन्सल्याण्डमा भूक्षयले समेत जनजीबन प्रभावित भएको छ ।

क्वीन्सल्याण्डका प्रहरी कमिस्नर इयान स्टेवार्डले उद्धारकार्य जारी रहेको क्षतिको विवरण आउन बाँकी रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment