+
+
Shares

प्रलेस अध्यक्ष भन्छन्- प्रचण्डले कमल थापासँग हैन, एमालेसँग मिल्नुपर्छ

नई प्रकाशन र त्रिमूर्ति निकेतन 'शोषक वर्गको संस्था' भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ७ गते १०:५८
त्रिमूर्ति निकेतनको टोलीसँग माओवादी अध्यक्ष प्रचण्ड

७ असार, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले त्रिमूर्ति निकेतन र नई प्रकाशनले दिन लागेको सम्मान अस्वीकार गरेकोलाई प्रगतिशील लेखक संघले राम्रो निर्णय मानेको छ । सामन्त र शोषक वर्गको प्रतिनिधि संस्थाले गर्ने सम्मान प्रचण्डजस्तो व्यक्तिले स्वीकार्न नहुने प्रलेसको भनाइ छ ।

यसै साता नई प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाई लगायतले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेर सम्मान ग्रहण गरिदिन आग्रह गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले सम्मान स्वीकार गर्ने बताएका थिए । तर, प्रलेसका अध्यक्ष मात्रिका पोखरेलको सुझावपछि प्रचण्डले उक्त सम्मान नलिने घोषणा गरिसकेका छन् ।

हामीले प्रलेसका अध्यक्ष पोखरेललाई सोध्यौं- ‘प्रचण्डले राजावादी नेता कमल थापासँग मिलेर सरकार बनाउन चाहिँ हुने, तर नई प्रकाशनलाई राजावादी भएको भन्दै सम्मान लिन नमान्ने, यो त दाहोरो चरित्र भएन र ?’

जवाफमा पोखरेलले भने- ‘म कमल थापासँग मिलेर प्रचण्डले सरकार चलाएकोलाई स्वीकार गर्दिनँ, माओवादीले कमल थापासँग हैन, एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।’

प्रलेस अध्यक्ष मात्रिका पोखरेल

प्रचण्डले नई प्रकाशनको सम्मान ग्रहण गर्न नहुने तर्कलाई औचित्य सिद्ध गर्न खोज्दै पोखरेलले अगाडि भने- ‘साहित्य पनि वर्गीय हुन्छ, शोषक वर्षका सम्मान र पुरस्कारहरु शोषित वर्गका प्रतिनिधिले ग्रहण गर्नुहुँदैन ।’

नई प्रकाशन र त्रिमूर्ति निकेतन शोषकहरुको संस्था हो त ? यो प्रश्नमा प्रलेस अध्यक्षले भने- ‘नरेन्द्रराज प्रसाईको फेसबुक हेर्नोस् न प्रष्ट भइहाल्छ नि । उहाँ अहिले पनि ज्ञानेन्द्र शाहलाई पूर्वराजा भन्नुहुन्न, श्री ५ महाराजधिराज नै भन्नुहुन्छ ।’

गत वर्ष नै प्रलेसले नई प्रकाशन र त्रिमूर्ति प्रकाशनको पुरस्कारका बारेमा विज्ञप्ति निकालेको पोखरेलले स्मरण गराए ।
सो विज्ञप्तिमा भनिएको थियो- ‘मरणासन्न सामन्तवादलाई जोगाउन केही संघसंस्था र व्यक्तिहरुले खेलेको भूमिका बारेमा हामी जानकार छौं ।’
विज्ञप्तिमा भनिएको थियो- प्रगतिशील लेखक संघ मुलुकको सांस्कृतिक रुपान्तरणका लागि प्रतिवद्ध लेखक श्रष्टाहरुलाई यस्ता तथाकथित पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र यस्ता पदक पुरस्कार सम्मान अस्वीकार गर्न हार्दिक अपील गर्दछौं ।’
यो पनि पढ्नुहोस्

पुरस्कारको लेनदेनः १० लाख दिएपछि प्रचण्डलाई देवकोटा सम्मान

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?