Comments Add Comment

विश्वको पहिलो गोजी क्याल्कुलेटर झण्डै पौने २ करोडमा लिलाम हुने

सत्रौँ सताब्दीमा बनेको विश्वको पहिलो गोजी क्याल्कुलेटर लिलाम हुने भएको छ । निकै दुर्लभ उक्त क्याल्कुलेटर अहिले अस्तित्वमा रहेको बोकेर हिड्न सकिने इतिहासकै पहिलो अंकगणीतिय हिसाब गर्ने साधन हो ।

2

कलाको लिलामी गर्ने विश्वचर्चित संस्था क्रिस्टीले यो पुरातात्विक गोजी क्याल्कुलेटर अक्टोबरमा लिलामीमा राख्नेछ । यसको मूल्य १ लाख पाउण्ड स्ट्रलिङ अर्थात् झण्डै १ करोड ६४ लाख सम्म पर्ने अनुमान गरिएको छ ।

यो डिजाइनका क्याल्कुलेटर विश्वमा अहिले केवल ४ वटा मात्र अस्तित्वमा रहेको बताइएको छ । १६७३ मा फ्रान्सेली मूलका घडी निर्माता तथा मेकानिक रेन गि्रलेट डी रोभेनले तत्कालिन फ्रान्सेली राजकुमारका लागि निर्माण गरेको यो क्याल्कुलेटर १५ सेन्टिमिटर चौडा र ३२ सेन्टिमिटर लामो छ । यो क्याल्कुलेटर को बाहिरी खोल काठले बनेको छ ।

स्मरण रहोस् विश्वमा क्याल्कुलेटरको सबैभन्दा पहिले आविष्कार गर्ने व्यक्ति ब्लेज पास्कल हुन् । उनले सन् १६४२ मा क्याल्कुलेटरको आविष्कार गरेका थिए । उनले बनाएको क्याल्कुलेटरले केवल सामान्य जोड घटाउ मात्र गर्न सक्थ्यो र निकै ठूलो आकारको पनि थियो ।

तर लिलामीमा राख्न लागिएको यो क्याल्कुलेटर पनि मान्छेले हिसाबकिताबका लागि लिएर हिड्न सक्ने खालको र जटिल हिसाब किताब समेत गर्न सक्ने क्षमताको छ । सन् १६७० र ८० को दशकमा गि्रलेटले फ्रान्स र नेदरल्याण्डमा आफुले बनाएका यस्ता क्याल्कुलेटर बजारमा पठाएका थिए । यो मोडेलका अन्य ३ वटा क्याल्कुलेटर मात्र अस्तित्वमा छन् । जसमध्ये २ वटा अमेरिका र एउटा फ्रान्समा रहेको छ ।

क्याल्कुलेटरका आविष्कारक ब्लेज पास्कलले बनाएको विश्वको पहिलो क्याल्कुलेटर भने यस्तो थियो

1

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment