Comments Add Comment

सार्क सचिवस्तरीय वैठकमा डलरले पायो चर्चा

१३ भदौ, काठमाडौं । अर्थ सचिव शान्तराज सुवेदीले सार्क छैठौं सचिवस्तरीय बैठकलाई कोलम्बोमा सम्बोधन गर्नु भएको छ । उक्त बैठकले सार्क अर्थ मन्त्रीस्तरीय छैठौं बैठकको लागि आधार तयार गर्नेछ ।

बैठकमा सचिव सुवेदीले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) र सेवा व्यापार सम्झौता (साटिस) को दु्रत कार्यान्वयनबारे चर्चा गर्नुभयो ।

दक्षिण एसियामा व्यापारको आयातन वृद्धि गर्न गैरभन्सार अवरोध हटाउन आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो । साथै उहाँले वित्तीय पुँजी र अन्तर क्षेत्रीय लगानी वृद्धिमा जोडि दिनुभयो । ‘विशेषत पूर्वाधार क्षेत्रमा त्यस्तो लगानी बढाउन आवश्यक छ’, उहाँको भनाइ उल्लेख गर्दै अर्थ मन्त्रालयले जनाएको छ ।

Finance-Secretary-Colombo

त्यस्तै, सार्क लगानी संरक्षण र प्रवर्द्धन सम्झौता, सार्क डबल सम्झौता मोडललगायत विषयमा सचिव सुवेदीले चर्चा गर्नु भएको थियो । दक्षिण एसियामा देखिएको संकट र सम्भावनालाई सम्बोधन गर्न सदस्य राष्ट्रबीच सहयोग अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

मुद्राको मूल्यमा देखिएको पछिल्लो उतार चढाव दक्षिण एसियाली सदस्यको साझा मुद्दा रहेको उल्लेख गर्दै समस्यासाग जुध्न एकआसमा सहयोग आवश्यक भएको हउाँले बताउनुभयो । दक्षिण एसियमा आर्थिक एकीककरणको महत्वमा पनि उहाँले जोड दिनुभयो ।

सचिव सुवेदीले आगामी सातौं अर्थ सचिवस्तरीय बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव गर्दै बाँकी सात मुलुकका सचिवलाई निम्तो दिनुभयो । सचिवको नेतृत्वमा रहेको नेपाली टोलीमा अर्थका सहसचिव मधुकुमार मरासिनी, उपसचिव कैलाशराज पोख्रेल, परराष्ट्रका उपसचिव मणिरत्न शर्मा र कोलम्बोस्थित दूतावासका द्वितीय सचिव रामसिंह थापा सहभागी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment