Comments Add Comment

साताको नेप्से ३.३३ अंकले उकालो

१४ भदौ, काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.३३ अंकले वृद्धि भई अन्तिम दिन ५५१.४४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.५९ अंकले वृद्धि भई १३८.४४ अंकमा आइपुगेको छ ।

nepse

यस साता नेपाल स्टक एक्सचेन्जमा १३१ कम्पनीहरुको कारोबार भएको छ, जस अनुसार ८२३४ कारोबारबाट ८७ करोड २१ लाख ९७ हजार रुपैयाँ बराबरका २६ लाख २१ हजार ९ सय १७ कित्ता शेयरहरु खरीद बिक्री भएका छन् । गत साता १२७ कम्पनीहरुको कारोबार भएको थियो, जस अनुसार ६०७४ कारोबारबाट ६३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरका २७ लाख ९ हजार ३ सय २ कित्ता शेयरहरु खरीद बिक्री भएका थिए ।

कारोबार रकममा गत साताको तुलनामा ३७.४४ प्रतिशतले वृद्धि भएको हो । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको मात्र ३९ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ४४.९९ प्रतिशत हो ।

यस साता कारोबार रकम -रु.१७ करोड ४० लाख ४७ हजार रुपैयाँ) को आधारमा नेपाल वंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको शेयर संख्या -४ लाख ८९ हजार ८ सय ९९ कित्ता) को आधारमा नेपाल वंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा (११४० वटा) को आधारमा नेपाल वंगलादेश बैंक अग्रस्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment