+
+

भारतका सरकारी अड्डामा जिमेल बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ११:२६

भारत सरकारले सरकारी कार्यालयहरुमा जिमेलको प्रयोग बन्द गर्ने भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार गोप्य सरकारी सूचनाहरुको सुरक्षा बढाउनका लागि भन्दै भारत सरकारले यस्तो निर्णय गरेको हो ।

gmail

भारतको संचार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरुका अनुसार भारत सरकारले यस बारेमा झण्डै ५ लाख सरकारी जिमेल प्रयोगकर्ताहरुलाई सूचना पठाउने तयारी गरेको छ । उक्त सूचनामा प्रयोगकर्ताहरुलाई अब जिवन सेवाको प्रयोग बन्द गर्न निर्देशन दिइएको हुनेछ ।

जिमेल सेवाको प्रयोग रोकिएसँगै भारतको राष्ट्रिय सूचना प्रविधि केन्द्र एनआइसीको इमेल सेवालाई आधिकारिक रुपमा प्रयोग गरिनेछ । जिमेलको मुख्य सर्भर अमेरिकामा रहेको कारण भारतीय प्रयोगकर्ताका जिमेल डाटाहरु देशबाहिरै संचित हुने र महत्वपूर्ण सरकारी डाटाहरु समेत अमेरिकामै पुग्ने भएकाले त्यसलाई रोक्नका लागि यस्तो निर्णय गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी सरकारले गुगल, फेसबुक तथा एप्पल जस्ता इन्टरनेट सेवा प्रदायकका प्रयोगकर्ताहरुका व्यक्तिगत डाटाहरु चोर्ने गरेको विषयमा एकजना अमेरिकी पूर्व सुरक्षा कर्मचारी एडबर्ड स्नोडेनले खुलासा गरेपछि भारत जिमेललाई सरकारको औपचारिक सूचना आदानप्रदानको माध्यम नबनाउने निर्णयमा पुगेको हो ।

गुगल इण्डियाका प्रवक्ताले भने भारत सरकारले सरकारी अड्डामा जिमेल बन्द गर्न लागेको बारेमा आफुलाई केही सूचना नआएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?