२० भदौ, काठमाण्डौ । डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल आठौँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा चिरप्रतिद्वन्दी भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालका लागि अनिल गुरुङले खेलको ६९ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाउदै घरेलु समर्थकलाई उत्साहित बनाए । यस्तै खेलको ८९ औँ मिनेटमा रविन श्रेष्ठको सटिक पासमा जुमनु राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । तर अतिरिक्त समयमा भारतका लागि राजिव सिंहले गोल गरेपनि भारतलार्इ हारवाट जोगाउन सकेनन् । सन् २००६ मा भएको एएफसी च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई ३-० गोल अन्तरले पराजित गरेयता भारतलाई हराउन सकेको थिए । नेपालले सात वर्षपछि भारतलाई हराउँदा दशरथ रंगशालामा उपस्थित करिव १८ हजार घरेलु दर्शक निकै उत्साहित देखिएका थिए ।
प्रतिक्रिया 4