+
+
Shares

सामसुङले ल्यायो ६६ लाखको टेलिभिजन

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते ११:२९

दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्क्रिन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ ।

TV 1

जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका क्रममा यो भिमकाय टेलिभिजन सार्वजनिक गरिएको छ । यो ११० इन्चको टेलिभिजन बजारमा आउन अझै केही समय लाग्ने भएपछि सामसुङले ९८ इन्चको एस नाइन हाइ डेफिनेसन टेलिभिजन भने बजारमा ल्याइसकेको जनाएको छ । यसको अन्तराष्ट्रिय बजारमा मूल्य झण्डै ६६ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।

TV 2

सामसुङका अनुसार यो ११० इन्चको अल्ट्रा एच डी टेलिभिजनबाट जापानी दर्शकहरुले सुरुमा आगामी वर्ष हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउनेछन् भने बेलायती दर्शकले सन् २०१५ को रग्बी विश्वकप हेर्न पाउनेछन् ।

TVII

बर्लिनमै आयोजित समारोहमा सामसुङले दुइजना मान्छेले एकैचोटी दुइवटा च्यानल हेर्न मिल्ने टेलिभिजन पनि सार्वजनिक गरेको छ । एस ९ सी नामक उक्त टेलिभिजनको स्क्रिन सिधा नभएर केही घुमेको छ ।

TV3

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?