+
+
Shares

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन ?, रास्वपाले जनायो आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते ११:४६

३ असार, काठमाडौं । नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएको छ ।

बुधबार प्रतिनिधिसभामा पार्टीको छर्फबाट बोल्दै कांग्रेसका सांसद चन्द्र मोहन यादवले सभामुखले रास्वपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाए ।

‘स्वयम सभामुख महोदयसँग एउटा प्रश्न छ । सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्यो सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’ उनले भने ।

सभामुखले सदनको गरिमा बढाउन पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति उपर रुलिङ गर्नुपर्ने उनको माग छ ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यो यस्तो अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । सभामुखले रुलिङ गर्नुपर्ने माग राख्दै आएका छन् ।

तर यस्तो भूमिका सभामुखबााट नभएको भनेर कांग्रेस संसद यादवले प्रश्न उठाएका हुन् ।

सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरे ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ मा सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गरे ।

यसकारण सभामुखको आलोचना गरिएको सम्बन्धी अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइनुपर्ने रास्वपा सांसद कार्कीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?