Comments Add Comment

एनआरएनए कतारको अध्यक्षमा आलम निर्वाचित

दिपक पुडासैनी

दोहा । एनआरएनए कतारको नयाँ कार्यकालका लागि अध्यक्षमा मक्सुद आलम चयन भएका छन् । आलमले निकटतम प्रतिद्वन्द्वी करिम बक्स मियालाई भन्दा २४० मतले पराजित गरेका हुन् । आलमले ६७५ मत ल्याउँदा मियांले ४३५ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रतिस्पर्धी तथा निबर्तमान उपाध्यक्ष गुरु नारायण रानाभाटले २४५ मत ल्याएका थिए ।

प्रथम उपाध्यक्षमा ७४० मत ल्याएर कुमार कार्की बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी तिल बिक्रम थेबेले २६१ मत पाएका थिए । द्वितिय उपाध्यक्षमा यस अघि सुक बहादुर तमाड. निर्बिरोध भै सकेका थिए । महासचिबमा बिनोद प्रसाद भटराई, सचिबमा धर्मदेब मण्डल र कोषध्यक्षमा द्रोण बहादुर बस्नेत बिजयी भएका छन । खुल्ला ५ सदस्यका १५ प्रतिस्पर्धी मध्ये आइ बहादुर खत्री, ई नन्द प्रसाद गर्बुजा, चिन्तामणि पौडेल, टेकनाथ बराल र प्रेम प्रसाद सिटौला बिजयी भएका छन । त्यसैगरी पुर्बान्चल सदस्यमा छबिरमण कटुवाल, मध्यमान्चलमा राम चन्द्र माझी, पश्चिमान्चलमा गोप बहादुर बिक बिजयी भएका छन् ।

मध्य पश्चिमान्चलमा लिला जिसी, सुदुर पश्चिमान्चलमा भिम बहादुर बलायर, युवा प्रतिनिधि नबराज बि क, आदिवासी जनजाती सदस्य केशर कुमार सुनुवार र महेन्द्र कुमार भुजेल, यस अघि नै निर्बिरोध भै सकेका थिए । त्यसैगरी महिला प्रतिनिधीमा संम्झना पुडासैनी, महिला सदस्यमा सोया दहाल, दलित सदस्यमा बालकृष्ण भित्रीकोटी र चोलाकान्त बिक, तराई मधेश समुदायबाट शिब शरण यादब र रामेश्वर मण्डल तथा मुस्लिम समुदायबाट मुख्तार आलम र मोहम्मद हारुन जोलहा बिजयी भएका छन । आइसिसी सदस्यमा भने सबैभन्दा बढी मत ल्याउंदै उमेश अधिकारी बिजयी भएका छन । उनले ७९० मत ल्याएका थिए भने उनका प्रतिद्दवन्दि राजेश दर्शन अर्यालले ५१२ मत ल्याएका थिए ।

एनआरएनए कतारको अधिबेशन भने २३ अगस्टमै संम्पन्न भै सकेको छ । ३० अगस्टलाई तय गरिएको निर्वाचन तालिका बिशेष कारण देखाउंदै निर्बाचन समितीले ६ सेप्टेम्बरलाई सारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment