दिनेश श्रेष्ठ
स्टकहोल्म । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज स्विडेनमा पनि भव्यताका साथ मनाइएको छ । एनआरएनए स्विडेनको आयोजनामा आइतबारका स्विडेनको राजधानी स्टकहोल्ममा भब्य तरिकाले तीज पर्ब मनाइएको हो । एन.आर.एन.ए. स्विडेनका अध्यक्ष नबिन थपलियाको मन्तब्यबाट औपचारिक रुपमा सुरु भएको कार्यक्रममा उपस्थित सम्पूर्ण चेलीहरुले धक फुकाई कम्मर मर्काई मर्काई नाचे गाए र रमाइलो गरे ।
रंगीचंगी सारी र गहनाले सजिएका सयौँ महिलाहरुले धुमधामसँग नाचगान गरी आफनो जन्मभूमि र माइतिको सम्झनालाई मत्थर पार्ने काम गरे । आफ्नो स्थापना काल देखिएनै एन.आर.एन.ए. स्विडेनले नेपाली दिदी बहिनीहरुलाई हरेक बर्ष तीज कार्यक्रम मार्फत आफ्नै माईतिको सम्झना दिलाउँदै आएको छ । कार्यक्रमलाई सफल पार्नमा सहयोग गर्न हुने नबिन थपलिया, अग्रज दाजु चिरन्जिबी खरेल, सञ्जय थापा, अमृत घर्तिमगर, शिव भट्टराई तथा म्युजिक सिस्टममा सहयोग गर्न हुने दिनेश श्रेष्ठलाई पनि धन्यवाद दिन चाहन्छौ र बिशेष गरी अझ मिठो मिठो खानपान ब्यबस्थापनाको लागि अनिता थपलिया, कृति केसी र बासु रिजाल परिवारप्रति आयोजकले आभार ब्यक्त गरेको छ ।
साथै नेपालीहरुको आफ्नो कला संस्कृति जोगाई राख्न एन.आर.एन.ए. स्विडेन सधै तत्पर र साथमा साथ दिने छ भन्ने कुरा पनि अध्यक्षले प्रकास पार्नु भयो। समग्रहमा भन्नु पर्दा अति शान्तिपूर्वक, खान पानका साथै नाच गान र रमाईलो गरी २०७० सालको तीजलाई स्विडेनबासी नेपाली दिदी बहिनिहरुले बिदाई गरे ।
प्रतिक्रिया 4