Comments Add Comment

पहिलो महिनामै नेपालगञ्ज भन्सारलाई राजश्वमा धक्का

आरपी सुवेदी

२७ भदौ, काठमाडौं । नेपालगञ्ज भंसार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७४ दशमलव ३० प्रतिशत मात्र राजश्व उठाउन सफल भएको छ । भन्सार विभागले साउन महिनामा नेपालगञ्ज कार्यालयलाई ३३ करोड ५७ लाख ५२ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य तोकिदिएको थियो । तर, लक्ष्यभन्दा कम २४ करोड ९४ लाख ७६ हजार रुपैयाँ मात्र राजश्व उठेको नेपालगञ्ज भन्सार अधिकृत प्रदिप गजुरेलले जानकारी दिनुभयो ।

भन्सार विभागले चालु आर्थिक वर्षको लागि ३ अर्व ९६ करोड ३ लाख लक्ष तोकेको भएपनि पहिलो महिनामा नै लक्ष पुरा गर्न सकेको छैन । आर्थिक वर्षको पहिलो महिना र नेपालगन्ज नाका भएर आयात हुने मोटरसाईकल, गाडि लगायतका सामाग्रीहरु भित्रिन नसकेको कारणले लक्ष पुग्न नसकेको भन्सार अधिकृत गजुरेलले बताउनुभयो ।

विभागले गत आर्थिक वर्षमा २ अर्व ८६ करोड ९ लाख ३० हजार लक्ष तोकिएको भएपनि कार्यालयले सजिलै ३ अर्व ४३ करोड ९६ लाख ६९ हजार उठाउँदै तोकिएको लक्ष भन्दा बढी राजश्व उठाउन सकेको थियो । भारतमा आएको विनासकारी बाढीको कारण बाटो विगि्रएकोले पनि उतातिरबाट नेपालगन्ज नाका भएर आउने सामानहरु भित्रिन नसकेको हुनसक्ने आशंका भन्सार अधिकृत गजुरेलको भनाई छ ।

नेपालगञ्ज नाका भएर जडिबुटी, घिउ, तामा लगायतको बस्तुहरु निकासी हुनुको साथै सोही नाका भएर मोटर, मोटर पाटर्स, सिमेन्ट, छड, मोटरसाईकल, पेट्रोलियम पदार्थलगायतका सामानहरु आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment