+
+

अर्थ मन्त्री बेल्जियम प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १९:००

२८ भदौ, काठमाडौं । माननीय वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइराला अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिनका लागि पाँच सदस्यीय प्रतिनिधि मण्डल सहित बेल्जियमको राजधानी ब्रसेल्स प्रस्थान गर्नु भएको छ ।

shankar koirala departure

यस वर्ष नेपाल Guest of Honorको रुपमा रहेको छ । उक्त अवसरमा बेल्जियम तथा युरोपियन युनियनसँग द्विपक्षीय विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा युरोपियन ईन्भेष्टमेण्ट बैंकका प्रतिनिधिहरुसँग लगानी प्रबर्धनका विषयमा छलफल गरिने छ ।

नेपालका निजी क्षेत्रका व्यापारीहरुको उल्लेखनीय उपस्थिती रहेको उक्त मेलामा भाग लिनका लागि नेपाल उद्योग वाणिज्य महासंघका भूतपूर्व अध्यक्ष कुश कुमार जोशी पनि ब्रसेल्स प्रस्थान गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?