+
+
Shares

एमाले उम्मेदवार आलममाथि भएको आक्रमणको छानविन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २० गते ९:३६

२० असोज, काठमाण्डौं । सरकारले बारा एमालेका प्रत्यक्षतर्फबाट उम्मेद्वार महमुद आलममाथि भएको हत्या प्रयासको आजबाट छानबिन सुरु गर्दैछ ।

आलमलाई शुक्रबार अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेको थियो । उनको अवस्था अहिले चिन्ताजनक छ । सो घटनाका सम्बन्धमा छानबिन गर्न शनिबार सरकारले एआईजी दिनकर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले आज घटनास्थल पुगी छानबिन सुरु गर्ने जनाएको छ । निर्वाचन प्रचार क्रममा रहेका आलममाथि गोली प्रहार गरिएको भोलिपल्ट गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा मध्यमाञ्चलका डीआईजी विज्ञानराज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, मध्यमाञ्चलका अनुसन्धान निर्देशक डीआईजी देवराज भट्ट सदस्य छन । समितिलाई उक्त घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिईएको छ ।

आलमलाई नेकपा एमालेले बारा जिल्लाको क्षेत्र नंवर दुईको प्रत्यक्ष उम्मेद्वारमा चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?