+
+

१ अर्बको बंगाला किनिन् प्रियंकाले

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते १२:०२

priyanka-new-ghar
बलिउड नायिका प्रियंका चोपडाले लामो समयदेखि खोजी गर्दै आएको एक आलिसान बंगाला बल्ल पाएकी छिन् । उनले सय करोडमा एक बंगाला खरिद गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यो एरियामा नायक ऋतिक रोशनले पनि बंगाला खोजिरहेका थिए । नायिका चोपडाले खरिद गरेको घरमा पहिले सिनेमाको छायांकन समेत हुने गर्दथ्यो । उनी विगत ३ बर्षदेखि यस्तै एक बंगालाको खोजीमा थिइन् ।

उनले खोजेको विभिन्न कुराहरु यो बंगालामा रहेको बताइन्छ । यो बंगालाको मालिक्नी नायिका चोपडा भएकी छिन् जुन स्थानमा कैयौ नायिकाले अभिनय गरेका छन् । यो बंगालाको रंग केही पुरानो देखिन्छ । मुम्बइको एक आलिशान इलाकामा उनले घर किनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?