ओस्कर अवार्डमा छनोटका लागि अब दुई चलचित्रविच प्रतिस्पर्धा हुने भएको छ । चलचित्र ‘कबड्डी’ले हात झिकेपछि ‘मोक्ष’ र ‘झोला’ मात्र ओस्कर अवार्डको प्रतिस्पर्धामा भिड्ने भएका छन् ।
निर्माता संघमा दर्ता नभएका कारण ‘कबड्डी’ पछि हटेको वुझिएको छ । ओस्करमा सहभागी हुन विदेशी निर्देशक या निर्माताले सिनेमामा लगानी वा निर्देशन गरेको हुनुहुदैन । यसैका लागि, ओस्कर छनोट समितीले निर्माता संघको पत्र मागेको थियो ।
तर ‘कबड्डी’का निर्माताले यो झन्झटबाट टाढा रहन खोजेको वुझिएको छ । निर्माता संघमा दर्ता हुन साढे ४ हजार हारहारीको रकम लाग्ने र अन्य तयारीका लागि पनि रकम खर्च हुने देखेपछि ‘कबड्डी’का निर्माता पछि हटेका हुन् । अब ओस्कामा विदेशी भाषाको सिनेमा विधामा छनोटका लागि प्रतिस्पर्धा गर्न ‘मोक्ष’ र ‘झोला’ मात्र अगाडि आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4