Comments Add Comment

मेरो नाम सहिदसँग नजोडिदिनुसः अलिया

alia-bhatt
मुम्बई । हिन्दी फिल्म ‘शानदार’ मा साहिद कपुरको हिरोईन बनेकी छिन् आलिया भट्ट । ‘शानादार’को सुटिङ सुरु हुनै लाग्दा सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानसँग सुझाब समेत मागेकी छिन् उनले ।

ट्वीटर मार्फत सन्देश छाडेकी आलियाले धेरै भन्दा धेरै शुभकामना दिन आग्रह गरेकी छिन प्रसंसकहरुसंग । शुभकामनाले आफुलाई काम गर्ने आत्मबल पैदा हुने धारणा राख्ने आलियाले अभिनयमा पनि न्याय गर्ने बताईन् ।

‘शानदारको सुटिङ सुरु गर्न गईरहेको छु । मलाई लाग्छ मेरा प्रसंसकहरुको मायाकै कारण यो फिल्मको सुटिङ निकै राम्रो हुने छ ।’ उनले भनेकी छिन् । ‘मेरा फ्यानहरुको अपेक्षालाई मर्न दिने छैन ।’ सहिदको हिरोईन बनेको खबर सार्वजनिक भएपछि कतिपय प्रशंसकले उनलाई करिनाको ठाउामा राखेर समेत हेरेका छन् । तर, अलियाले आफ्नो नाम कुनै हिरोसंग नजोडन आग्रह पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment