Comments Add Comment

सोनी कम्पनीबारे १३ रोचक तथ्य

पछिल्लो ७० वर्षदेखि जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले इलेक्ट्रोनिक मार्केटमा आफ्नो प्रभुत्व जमाइरहेको छ । बजारमा पहिलोपटक वाकमेन सार्वजनिक गरेसँगै सोनीको प्रभुत्वको यात्रा सुरु भएको मानिन्छ ।

त्यसपछि सोनीले ल्याएको टेलिभिजन सेट Trinitron ले पनि ठूलै धमाका मच्चायो । त्यसपछि सोनीले एक पछि अर्को नयाँ नयाँ विद्युतिय सामाग्रीहरु बजारमा ल्यायो । पछिल्लोपटक स्मार्टफोन, ट्याब्लेट तथा स्मार्टवाच समेत बजारमा ल्याएको सोनीको यहाँसम्मको यात्रा उतारचढावपूर्ण मात्र रहेन निकै रोचक पनि रह्यो । सोनी कम्पनी बारेका केही रोचक तथ्य यस्ता छन् :

१. सोनीले सबैभन्दा पहिलो इलेक्ट्रोनिक राइस कुकुर बजारमा ल्याएको थियो । यो नै सोनीको पहिलो उत्पादन थियो । तर यसले सफलता प्राप्त नगरेपछि उत्पादन रोकेको थियो ।

Sony

२. सोनी कम्पनीको स्थापना अकियो मोरिटा र मसारु इबुकाले सन् १९४६ मा गरेका थिए । यसको सुरुको नाम टी टी के अर्थात् टोक्यो सुसिन केन्क्युजो अर्थात् टोकियो टेलिकम्युनिकेसन ल्याबोरेटोरी थियो । त्यसको १२ वर्षपछि यसको नाम सोनी राखिएको थियो ।

३. सोनी भन्ने नाम ल्याटिन भाषाको सोनसबाट राखिएको हो, जसको अर्थ साउण्ड अर्थात् आवाज भन्ने हुन्छ । कुने समय यसलाई Sonny पनि भनियो, जसको अर्थ हुन्छ युवा । मानिसलाई सम्झिन र बोल्न सजिलो होस् भनेर कम्पनीको नाम सोनी राखिएको थियो । सोनी नामबाट कम्पनीले पहिलो ट्रान्जिस्टर रेडियो बजारमा ल्यायो, जसले निकै लोकप्रियता हासिल गर्यो ।

४. सोनीले बनाएको अडियो रेकर्डरको आवाजको गुणस्तरका विषयमा विद्यार्थीहरुले आपत्ति जनाएपछि सोनीले जापानको टोकियो एकेडेमी अफ आर्टस्का विद्यार्थीको सहयोगमा त्यसको मर्मत गरेर सुधार गरेका थिए । विद्यार्थीको सहयोगबाटै सुधार हुँदा सोनी कम्पनीको भाग्य बदलियो ।

५.सोनी कम्पनी आफुले वाकमेन बनाएर लोकप्रिय हुन्छ भन्ने आशामा थिएन । तर सोनीको वाकमेन निकै मन पराइयो । ३१ वर्षसम्म बजारमा सोनीको वाकमेनले कब्जा जमायो । यो वाकमेन अमेरिकामा Soundabout बेलायतमा Stowaway तथा अस्ट्रेलियामा फ्रिस्टाइलको नामबाट बिक्रि भयो । वाकमेनको नाम डिस्को जोगर राख्न भनेर सोनीको अमेरिकास्थित कार्यालयले सुझाव दिएको थियो तर यसको नाम वाकमेन राखियो जुन जापानी र अंग्रेजी शव्दको मिश्रण थियो ।

Look kids, no screen! The original TPS-L2 Walkman from 1979 but it could have been called

६. इसेइ मियकेले सन् ७० को अन्त्यतिर तथा ८० को सुरुतिर सोनी कम्पनीका कर्मचारीको पोषाकको डिजाइन गरेका थिए । एप्पलका संस्थापक स्टिभ जब्सले पनि त्यसको सिको गर्दै आफ्ना कर्मचारीको लागि छुट्टै पोषाक बनाउने कोसिस गरे । वास्तवमा सोनीका अकियो मोरिटा र एप्पललका जब्स दुबैजना मियाकेको सानी तथा फ्यान थिए ।

७. निन्टेन्डो कम्पनीको सबैभन्दा ठूलो गल्ती नै सोनीसँग मिलेर भिडियो गेम बनाउनु थियो । यसको सफ्टवेयर खराब भयो । त्यसपछि सोनी आफैले त्यसैको सिको गर्दै प्लेस्टेशन बनायो । त्यस सँग सोनीले निन्टेन्डोको बजार क्वाप्पै खायो ।

८.खासगरी जेलभित्रका कैदीहरुलाई लक्षित गरी सोनीले बनाएको पारदर्शी वाकमेन SR“-39“P  ले समेत निकै तहल्का मच्चायो । यसको बाहिरी खोल पारदर्शी थियो र भित्रका सबै सरसामान देखिन्थे । साथै यसमा भएका ब्याट्री प्रयोग गरेर लगातार ४० घण्टासम्म वाकमेन बजाउन मिल्थ्यो । साथै यसले जेलको बन्द कोठाभित्र समेत रेडियोको तरंग टिप्थ्यो ।

The Original PlayStation arrived in 1994 and gaming changed forever.

९. सोनीको पहिलो पोर्टेबल टेलिभिजन TV8-301  सन् १९६० मा बनाइएको थियो । जसको टिकाउपना जाँच्नका लागि एकजना कर्मचारीको स्पोर्ट कारमा राखी गाउँतिरको कच्ची बाटोमा कुँदाइएको थियो ।

Forget the iPod, behind bars this is the gadget of choice.

१०. सोनीले सन् १९५० को दशकमा पकेट रेडियो बनाएको थियो । संसारको सबैभन्दा सानो रेडियो नाम दिइएको उक्त रेडियो पकेट रेडियो भनेपछि गोजीमा भने अट्दैनथ्यो । त्यसकारण त्यतिबेला सोनी कम्पनीका सबै कर्मचारीलाई आफुले लगाएको शर्टको अगाडिको गोजी अलि ठूलो बनाउन लगाइएको थियो । जसका कारण उक्त रेडियोलाई गोजीमा राख्न सकियोस् र ग्राहकलाई यो पकेट रेडियो हो भनेर बताउन पाइयोस् ।

११. सोनीको कम्पनीमा रहेको सुनको गिनी पिग निकै महत्वपूर्ण सूचकको रुपमा रहेको छ । यो कम्पनीको निशाना छाप तथा चिनारीकै रुपमा रहेको छ । त्यो सुनौलो सुगुर कम्पनीका संस्थापकहरुलाई कर्मचारीहरुले उपहार दिएका थिए । सोनीले ट्रान्जिस्टर बजार ल्याउँदा कसैले होँच्याएर लेखेको थियो, ‘सोनी ट्रान्जिस्टरमा गिनी पिग हो र अरु कम्पनीहरुले आफ्नो उत्कृष्ट उत्पादन ल्याइरहेका छन्’ । आफुलाई गिनी पिग भन्नेलाई जवाफ दिनका लागि सोनीले गिनी पिगको सुनौलो मूर्ति मुख्यालयमा सम्मानका साथ राखेको छ । गिनी पिगको लाक्षणिक अर्थ प्रयोगशालाको वस्तु भन्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment