Comments Add Comment

सडक आन्दोलन जारी राख्ने प्रचण्ड मोर्चाको निर्णय

१ कात्तिक, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले कांग्रेस र एमाले सजिलै नमान्ने ठहर गर्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

prachanda  (3)सत्तारुढ कांग्रेस र एमालेले सहमतिका लागि आन्दोलन रोक्नु पर्ने दबाव दिइरहेका बेला २२ दलको शनिबार बसेको बैठकले थप कार्यक्रम तय गरेको छ । बैठकले पाँचथर, जनकपुर र कैलालीमा सभा गर्ने निर्णय गरेको छ । मिति भने मोर्चाको सचिवालयले तय गर्नेछ ।

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले अब आन्दोलन नगर्न दबाव दिएको भन्दै संघर्षलाई जारी राख्नु पर्ने बताए । उनले शनिबार बसेको तीन दलको बैठकमा कांग्रेस र एमालेका नेताहरुले खुलामञ्चको सभामा गरेको सम्बोधन र आन्दोलनबारे प्रश्न उठाएको जानकारी गराएका छन् ।

२२ दलको बैठकले आन्दोलनलाई लामो संघर्षका रुपमा लैजानु पर्ने निष्कर्ष निकालेको छ । ‘मन्त्री बनाउनेदेखि विभिन्न प्रलोभन देखाएर फुटाउने प्रयास गर्न सक्छन् । हामी सबै एक भएर संघर्षमा जानुपर्छ भन्ने प्रतिवद्धता सबैले जनाएका छन्’ सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले भने ।

बैठकमा नेताहरुले कुनै प्रलोभन नपर्ने र आन्दोलनमा प्रचण्डलाई साथ दिने प्रतिवद्धता जनाएका छन् ।

खुलामञ्चको सभा सफल

२२ दलको बैठकले खुलामञ्चमा भएको सभा सफल भएको दाबी समेत गरेको छ ।

२२ दलको सभामा २२ सय मानिस पनि उपस्थित नभएको भन्दै टिकाटिप्पणी भइरहेका बेला २२ दलले सभामा १५-२० हजार उपस्थित भएको दाबी गरेको छ । ‘चाडपर्वको समयमा यत्तिको उपस्थिति उत्साहजनक नै हो भन्ने हाम्रो निष्कर्ष छ’ एक नेताले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment