Comments Add Comment

कतार एयरवेजका टिकट अनलाइनमा किनेर बैंकमा भुक्तानी गर्न सकिने

Quater-Air

१२ कात्तिक, काठमाडौं । कतार एयरवेजले अनलाइनमा टिकट किनेर बैंकमा भुक्तानी दिन सकिने नयाँ सुविधा ल्याएको छ । अब कुनै पनि ग्राहकले अनलाइनमा प्राप्त छुटको उपयोग गर्दै टिकट खरिद गरेर स्टाण्डर्ड चार्टड बैंकमार्फत भुक्तानी दिन सक्नेछन् ।

यसका लागि कतार एयरवेजको वेबसाइटमा गई टिकट बुक गरेर ४८ घण्टाभित्र स्टाण्डर्ड चाटर्ड वैंकमार्फत भुक्तानी दिन सकिने छ ।

‘अफलाइन पेमेन्ट’ बिधिको सुरुवात गर्दै कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने- ‘चौविसै घण्टा, सातै दिन अनलाइनमा उपलब्ध अफरहरु किनेर लाभाविन्त हुन सक्नेछन् ।’ नयाँ सेवाको सुरुवातले ग्राहकलाई क्रेडिट कार्ड हुनैपर्ने सर्तबाट मुक्ति दिएको छ ।

यदि तपाईसँग क्रेडिटकार्ड छैन भने पनि अब कतार एयरवेजका सस्तो अफरका टिकट अनलाइनमार्फत किनेर स्टाण्डर्ड चाटर्ड बैंकका कुनै पनि शाखामार्फत् भुक्तानी दिन सक्नुहुनेछ ।

कतार एयरवेजले नेपाल-दोहा रुटमा दैनिक चार उडान गरिरहेको छ । कतारलाई ट्रान्जिट बनाई युरोप अमेरिका लगायत १४५ गन्तब्यमा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment