Comments Add Comment

नेपाल-जापान संसदीय तथा आर्थिक सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड

Ramsaran-Mahat

१६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहेका जापान नेपाल संसदीय संघका महासचिव तथा सांसद योसुको सुरुहोबीच भेटघाट तथा छलफल भएको छ ।

भेटघाटको अवसरमा अर्थमन्त्री महतले जापानले नेपालको विकासमा पुर्‍याएको सहयोगको सराहना गर्दै नेपाल र जापानबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

सडक, सिंचाई, विद्युतजस्ता नेपालको ग्रामीण पूर्वाधारका क्षेत्रमा स्रोत परिचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै महतले सरकारले यिनै क्षेत्रमा लगानी केन्दि्रत गरिरहेको बताए । उनका अनुसार समष्टिगत रुपमा कृषि, पर्यटन र जलविद्युत तीन प्रमुख प्राथमिकताका क्षेत्रहरु हुन ।

पछिल्ला दिनहरुमा नेपालमा पर्यावरणीय परिवर्तनको नकारात्मक प्रभावका कारण प्राकृतिक विपत्तिका घट्नाहरु बढ्दै गएको उल्लेख गर्दै यस्ता दुर्घटनाहरुमा जापानलाई सहयोग गर्न अर्थमन्त्रीले आग्रह गरे ।

यसअघि सबै किसिमका प्राकृतिक विपत्तिका घटनाहरु जापानमा हुने गरेको जानकारी दिँदै संघका महासचिव तथा सांसद सुरुहोले नेपाललाई प्राकृतिक विपत्तिका घटनाहरुमा सहयोग गर्न अनुरोध आएमा सकारात्मक ढंगले सहयोग गर्ने आश्वासन दिए ।

सुरुहोले ठूला प्राकृतिक विपत्तिका घटनाहरुमा पनि नेपालले जापानी सरकारलाई सहयोग नगरेका कारण सहयोग गर्न इच्छा हुँदाहुँदै पनि नसकिएको बताएका थिए । बुद्धिज्मका कारणले नेपालीप्रति जापानीहरुको हेर्ने दृष्टिकोण नै सकारात्मक भएको उनको भनाई थियो ।

सांसद सुरुहोले जापानको सहयोगमा निर्माणाधीन बनेपा बर्दिबास सडक यसैबर्ष भित्र निर्माण पूरा हुने जानकारी पाएको उल्लेख गर्दै दुई मुलुकबीचको संसदीय सम्वन्धलाई प्रगाढ बनाउनुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा पदाधिकारीहरु र नेपालस्थित जापानी राजदूत मासासी ओगावा तथा दूतावासका अधिकारीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment