News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रेडक्रस सोसाइटीका ६२ जिल्ला शाखाहरूले लामो समयदेखि बेरुजु फर्छ्यौट नगरेको पाइएपछि केन्द्रीय कार्यालयले पत्र काटेर ध्यानाकर्षण गराएको छ ।
- नेरेसोले मातहतका निकायलाई पच्चीस वर्षपछि पहिलो पटक पत्राचार गर्दै २१ दिनभित्र वक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न निर्देशन दिएको छ ।
- महामन्त्री ऋषिरमण खनालले प्रचलित कानून, विधान र समाज कल्याण परिषद्को निर्देशन बमोजिम रकम जम्मा हुने विश्वास व्यक्त गरेका छन्।
१९ साउन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा ६२ जिल्लाले बेरुजु फर्छ्यौट नगरेको भेटिएको छ । बेरुजु फर्छ्यौट नगरेपछि केन्द्रले परिपत्र गरेको छ ।
नेरेसोका अनुसार केन्द्रले मातहतका संरचनालाई बेरुजु फर्छ्यौट गर्नका लागि २५ वर्षदेखि पत्र समेत पठाएको थिएन ।
‘निर्धारित अवधिभित्र वक्यौता रकम प्रचलित कानुन, नेपाल रेडक्रस सोसाइटीको विधान, आर्थिक नियमावली तथा समाज कल्याण परिषदबाट प्राप्त निर्देशन बमोजिम केन्द्रीय कार्यालको बैंक खातामा जम्मा हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं,’ नेरेसोका केन्द्रीय महामन्त्री ऋषिरमण खनालले जिल्लाहरुलाई लेखिएको पत्रमा भनिएको छ ।
जिल्लाहरुले केन्द्रीय कार्यालयलाई बुझाउनुपर्ने वक्यौता रकम २१ दिनभित्र जम्मा गर्न निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4