News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने सीमा मिचिएको र साम्प्रदायिक सद्भाव खलबलिएको लगायत सात वटा विषय संसद्मा प्रस्तुत गरेको छ ।
- सांसद बलावती शर्माले प्रधानमन्त्री दुई महिनाभन्दा बढी समयदेखि संसद्मा नआएको भन्दै उहाँ सिंहदरवारको कोठामा के गरेर बस्नुभएको छ भनी प्रश्न गर्नुभयो ।
- नेकपाले मिटरब्याज तथा लघुवित्त पीडितका माग र सुकुम्बासी समस्याको समाधान गर्दै नागरिकलाई आश्वस्त पार्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
१९ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्नुपर्ने सात वटा विषय औंल्याएको छ ।
प्रतिनिधिसभामा सभामुखसँग समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद बलावती शर्माले प्रधानमन्त्री बालेनले सम्बोधन गर्नुपर्ने विषयहरू सुनाएकी हुन् ।
१. छिमेकीले सीमा मिच्दा (सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको प्रवेश)
२. देशमा साम्प्रदायिक सद्भाव भड्किँदा (सुनसरी घटना)
३. वेराजगषरीले निसास्सिएका युवाहरूले आत्मदाह गर्दा (गणेश नेपालीको मृत्युको सन्दर्भ)
४. सुकुम्बासीहरू होल्डिङ सेन्टरमा गाँस र बास नपाएर छटपटाउँदा
५. मिटरब्याज पीडितका माग
६. लघुवित्त पीडितको आन्दोलन
७. स्वास्थ्यकर्मी लगायत माइतीघर मण्डलामा रहेका आन्दोलनरत पक्षहरूको माग ।
यी विषयहरूमा प्रधानमन्त्री बालेनले सम्बोधन गर्नुपर्ने र नागरिकलाई आश्वास्त पार्न सक्नुपर्ने नेकपाको आग्रह रहेको छ ।
सांसद शर्माले सुनसरी घटनापछि टेलिभिजनको स्कृनमा प्रधानमन्त्रीलाई देख्न पाए पनि दुई महिना भन्दा बढी समयदेखि संसद्मा देख्न नपाएको बताइन् ।
अनि प्रश्न गरिन्, ‘आखिर सिंहदरवारको कोठाभित्र के गरेर बसिराख्नुभएको छ ?’
न राजनीतिक दलहरूसँग संवादमा रहेको, न कुटनीतिक सम्बन्ध बलियो बनाउन सकेको न संसद्प्रति उत्तरयादी भएको भन्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।
व्यापारीलाई दु:ख दिने जस्ता कार्य समेत भइराखेको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।
प्रतिक्रिया 4