Comments Add Comment

मोबाइल एप्लिकेसनले समग्र विकासमा टेवा पुर्‍याउने विज्ञको दाबी

Ncell-App-Camp-2
काठमाडौं । एनसेलले ‘एप क्याम्प-२०१४’का विभिन्न विषयगत क्षेत्रहरु मध्ये कृषि, पर्यटन र शिक्षातर्फ प्रतिस्पर्धा गरिरहेका सहभागीहरुका लागि शुक्रबार छुट्टा-छुट्टै सेमिनार आयोजना गरी उक्त क्षेत्रहरुमा मोबाइल एप्लिकेसनको सम्भावनाबारे विशेषज्ञहरुमाझ छलफल गरेको छ ।

अन्य विकसित देशहरुमा कृषि क्षेत्रको उत्पादकत्व बढाउन र कृषकहरुलाई थप उत्साहित बनाउन मोवाइल प्रविधिहरुको भूमिका उल्लेखनीय रहँदै आएको अवस्थामा नेपालमा पनि मोवाइल एप्लिकेसन निर्माणले यस क्षेत्रको समग्र विकासमा टेवापुग्ने कृषि विशेषज्ञहरुले बताए ।

अधिकांश नेपाली कृषकहरुमा व्यवसायिक सोचको कमि रहेको बताउँदै प्रोबायोटेक इन्डस्टि्रजका प्रबन्धक तथा सेमिनारका प्रमुख वक्ता दिनेश गौतमले कृषि क्षेत्रतर्फ एप्लिकेसन निर्माण गर्न चाहने समूहहरुलाई उक्त क्षेत्रका सम्भावनाहरु प्हिचान गर्न आग्रह गरे ।

‘सूचना प्रवाहका लागि मोवाइल सबै भन्दा द्रूत माध्यम भएकाले हामीले मोवाइल एप्लिकेसनको प्रयोगबाट कृषिजन्य उत्पादन र प्रबर्द्धनमा सहयोग पुर्याउन सक्छौं’ उनले भने ।

त्यसैगरी, नयाँ पिँडीहरु कृषि क्षेत्रतर्फ संलग्न हुने क्रम बढिरहेको जानकारी दिँदै प्याक्टका योजना निर्देशक योगेन्द्रकुमार कार्कीले भने- ‘नेपालमा कृषिसम्बन्धी सूचना आदानप्रदान गर्ने त्यस्ता खालका एप्लिकेसन निर्माण गर्न जरुरी छ जसले वस्तुको मूल्य, उपलब्धता र गुणस्तरबारे जानकारी दिएर कृषकहरुलाई कुन बजारमा आफ्नो उत्पादनको माग बढी छ भन्ने थाहा हुन्छ ।’

त्यसैगरी पब्लिक प्राइभेट पार्टनरशीपकी प्रबन्धक मोना शर्माले कृषि व्यवसायमा आवश्यक सूचना तथा जानकारी सम्प्रेषण गर्न मोवाइल एप्लिकेसनले उल्लेख्य भूमिका खेल्ने बताइन् । ‘एप्लिकेसन निर्माण गर्दा तपाईले प्रापकलाई मध्यनजर गरी एसएमएस, आवाज वा शब्दको माध्यमबाट सन्देश पढाउने भन्ने निर्णय लिनुपर्छ’ उनले भनिन् ।

फ्लौर हिमालयनका प्रबन्ध निर्देशक अजय बि. प्रधानाङ्गले मोबाइल एप्लिकेसनले व्यवसायमा पारदर्शिता बढाउन मद्दत गर्न सक्ने बताए । ‘एप निर्माताहरुले राष्ट्रिय अन्तरराष्ट्रिय स्रोतहरुबाट सूचना संकलन गरी स्थानीय कृषकसम्म पुर्याउने खालका मोबाइल एप्लिकेसन निर्माण गर्नु उपयुक्त हुन्छ’ कार्यक्रमका अर्का वक्तासेन्टर फर मलिक्युलर डायनामिक्स नेपालका निर्देशक समीरमणि दिक्षीतले थपे ।

Ncell-App-Camp-

पर्यटन विषयअन्तर्गत आयोजना गरिएको छुट्टै सेमिनारका सहभागीलाई सम्बोधन गर्दै योङ्ग इनोभेसनका कार्यकारी प्रमुख विभुषण बिष्टले प्रतिस्पर्धीलाई आफूले एप्लिकेसन निर्माण गर्ने क्षेत्र राम्ररी पहिचान गर्न आग्रह गरे ।

पर्यटकहरुको सुरक्षातर्फ संकेत गर्दै उनले भने- ‘एउटा सरल एपले पनि ठूलो संकटको समाधान गर्न सक्छ । तर, उत्कृष्ट एप निर्माणका लागि निर्माताले आफ्नो बजार कहाँ छ भन्ने बुझ्न जरुरी छ ।’

प्रेसिडण्ट ट्राभल्स एण्ड टुर्सका अध्यक्ष भोला थापाले चीन र भारतका पर्यटकहरुलाई लक्षित गर्नु उपयुक्त हुने बताए । ‘पर्यटकहरुलाई नेपाल भ्रमणमा सहजता पुर्याउने खालका एप्लिकेसनमा हामी पनि लगानी गर्न इच्छुक छौं’ होटल एसोसिएसन नेपालका पूर्व कार्यकारी प्रमुख योगेन्द्र शाक्यले थपे ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख प्रदिपराज पाण्डेले सबैका लागि सबै थोक पुर्याउन खोज्ने भन्दा कुनै एउटा विषयमा केन्दि्रत रहेर एप निर्माण गरे सफल भइने बताउनुभयो । कार्यक्रमका अर्का वक्ता नेपाल एण्ड वियोण्ड ट्राभल्स एण्ड टुर्स्का प्रबन्ध निर्देशक सुकेन्द्र गुरुवाचार्यले नेपालका विभिन्न ठाउँ तथागन्तव्यबारे विश्वसनीय सूचना प्रदान गर्न सक्ने खालको एप्लिकेसनको आवश्यकता रहेको औंल्याउनुभयो ।

त्यसैगरी सोसल टुर्स्का संस्थापक निर्देशकराज ज्ञवालीले नेपाली सँस्कृति तथा जीविक विविधताबारे जानकारी प्रदान गर्ने खालका एप्लिकेसन बनाउन सल्लाह दिए । पर्यटन व्यवसायमा सुरक्षा संयन्त्र अत्यावश्यक हुने भएकाले यस्ता विषयमा बन्ने एप्लिकेसनले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने उनले बताए ।

त्यसैगरी, भौगोलिक कठिनाइका कारण सबै ठाउँमा शिक्षाका समान अवसर पुग्न नसकिरहेको अवस्थामा शैक्षिक प्रयोजनका लागिमोवाइल एप्लिकेसनको प्रयोग गर्नु उपलब्धिमुलक हुन्छ । अहिले गाउँमा पनि प्राय सबैको हातहातमा मोवाइल पुगिसकेको हुनाले मोवाइल एप्लिकेसनबाट शैक्षिक सामग्री प्रतिको पहुँच बढाउन, गुणस्तरीय शैक्षिक सामग्री प्रदान गर्न र सिकाइ प्रक्रियामा समयानुरुप परिवर्तन ल्याउन सकिने विज्ञहरुले बताए ।

विश्वमा मोवाइल एप्लिकेसनहरु लोकपि्रय बन्नुको कारण ती एपहरुले मानिसका व्यक्तिगत आवश्यकतालाई सम्बोधन गर्ने रहेको हिमालयन क्लाइमेट इनिसिएटिभका सभापति अनिल चित्रकारले बताए । उनले एप निर्माताहरुलाई आफ्नो कल्पनाशक्तिको प्रयोग गर्नुपर्ने बताउँदै नेपालको शैक्षिक क्षेत्र पछाडि पर्नाको कारण यसले मनोरञ्जनको पाटोलाई समेट्न नसकेको उल्लेख गरे ।

एनसेलमा कर्पोरेट कम्युनिकेसन्स्की निर्देशक सञ्जू कोइरालाले शिक्षा र प्रविधि संयुक्त प्रयोगबाट मात्रै हामी अघि बढ्न सक्ने बताउँदै एनसेलले नेपालको शैक्षिक क्षेत्रमा योगदान पुर्याउन नयाँ प्रविधि भित्र्याउन एप निर्माण अभियान सुरु गरेको बताइन् । ‘यदि हामीले हाम्रो आफ्नै एप्लिकेसनहरु बनाउन सक्यौं भने हामीले सिकाइ पद्दतिमा परिवर्तन ल्याउन सक्छौं ।’ उनको भनाई थियो ।

सानो कक्षामा राम्रो पढ्ने बालबाालिकाले उच्च शिक्षासम्म राम्रो गर्न सक्ने सम्भावना रहने बताउँदै रातो बंगला स्कुलकी संस्थापक तथा निर्देशक शान्ता दीक्षितले भनिन्, त्यसैले एप निर्माताले कस्तो खालको प्रविधिले बालबालिकालाई जागरुक बनाउँछ भन्नेतर्फ सोच्नुपर्छ ।

त्यसैगरी केसीएमका संस्थापक तथा प्रबन्ध निर्देशक बिष्णु राज अधिकारीले नेपालका प्रत्येक विद्यार्थीसँग स्मार्ट फोन हुन जरुरी भएको बताए । ‘हामीले अध्यापनतर्फ मात्र सोच्ने गर्यौ तर, विद्यार्थी भएर कहिल्यै सोचेनौ र हामीलाई सिकाइ प्रक्रिया कस्तो हुनुपर्छ भन्ने तर्फ पछि पर्यौं’ किंस कलेजका कार्यकारी निर्देशकले जोडे ।

चारवटा विषयगत क्षेत्रहरुमध्ये कर्पोरेट क्षेत्रका सहभागीहरुका लागि नोभेम्बर १२ तारिखमा छुट्टै सेमिनारको आयोजना गरिने एनसेलले जनाएको छ । चारवटै विषयगत क्षेत्रतर्फका सेमिनारहरु सकिएपछि सहभागीहरुलाई तालिम मार्फत प्रयोगकर्ताको अनुभव र युजर इन्टरफेस, व्यवयाय विकास, अवधारणा प्रस्तुतिकरण लगायत विषयमा जानकारी दिइनेछ जसअन्तर्गत सहभागीहरुले आइओएस, एनड्रोइड र विन्डोजका लागि एप्लिकेसन डिजाइन तथा निर्माणबारे ज्ञान साहिल गर्नेछन् ।

छनोट भएका समूहहरुमध्ये अबप्रत्येक विषयगत क्षेत्रमा ६ वटा गरी उत्कष्ट अवधारणा प्रस्तुत गर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाका लागि अवसर दिइनेछ । यस प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ माहुने अन्तराष्ट्रिय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment