+
+
Shares

मोहन वैद्य : रक्सी नखाई लेख्न सक्दैनन् !

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २४ गते ११:४०

mohan-baidya

२४ मंसिर, काठमाडौं । नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य प्यूठाने ब्राह्मणका छोरा हुन् । तर, उनमा रक्सी खाने आदत रहेको जानकारहरुले बताएका छन् ।

जनयुद्धकालमा पनि कार्यकर्ताहरुले उनका लागि लुकाएर रक्सीको व्यवस्था गरिदिने गरेको र उनमा रक्सी पिउँदै लेख रचनाहरु लेख्ने आदत रहेको उनीसँग निकटस्थहरु बताउँछन् ।

खुल्ला राजनीतिमा आएपछि उनको निवासमा जर्किनमा घरेलु रक्सी लुकाएर राख्ने गरिएको स्रोतले बतायो ।

जनयुद्धकालमा माओवादी कार्यकर्ताले गरीब जनताले बिक्रीका लागि बनाएको घरेलु रक्सी घोप्टाइदिने र जाँडका घ्याम्पाहरु फुटाइदिने गरेका थिए ।

त्यसो त जनयुद्धकालमा भारतमा निर्वासित भएका बेला प्रचण्ड, वैद्य, बादललगायतका नेताहरुको क्वार्टरमा प्लाष्टिकमा पोको पारिएको लोकल रक्सीका खोलहरु भेटिने गरेका एक पूर्वमाओवादी बताउँछन् ।

जतिखेर नेपालमा कार्यकर्ताहरुले रक्सी घोप्ट्याउने अभियान चलाइरहेका थिए, त्यतिबेला भारतमा बसेका माओवादी नेताहरु रक्सी धोक्ने अभियानमा थिए ।

स्रोतका अनुसार डा. बाबुराम भट्टराई बाहेक सबै नेताले दिनहुँ रक्सी पिएर मात्ने चलन थियो । यतिसम्म कि पार्टीको बैठकमै रक्सी पिउने आदत माओवादी नेताहरुमा बसिसकेको थियो ।

रक्सीले मातेर टिल्ल भएपछि प्रचण्डले लर्बरिएको स्वरमा डा. भट्टराई फोन गर्थे । भट्टराई फोन नउठाई पीएमार्फत् ‘सुतिसक्नु भो’ भन्न लगाउँथे । प्रचण्ड र सीता दाहाल सागै बसेर बेलुका-बेलुका मातुञ्जेल रक्सी पिउँथे ।

भूमिगत कालमा वैद्यसँग नजिक रहेका नेताका अनुसार मोहन वैद्य साँझ परेपछि एक गिलास रक्सी लिएर लेख्न बस्थे । उनी धेरै पिउँदैनथे । एउटा लेख सिध्याउँदा गिलासमा भएको रक्सी सिधिन्थ्यो । रक्सीसँगै लेख्न बस्दा उनलाई राम्रोसँग फुर्छ ।

वैद्यका रक्सी पार्टनर यानप्रसाद

रवीन्द्र श्रेष्ठ
रवीन्द्र श्रेष्ठ

एमालेमा प्रवेश गरेर दोस्रो विवाह गरेका पूर्वमन्त्री एवं पूर्वमाओवादी नेता रवीन्द्र श्रेष्ठले दृष्टि साप्ताहिकमा लेखेका छन्-‘सांस्कृतिक रुपान्तरणका ठूला कुरा गर्ने वैद्यलाई रक्सी खान लाग्दा भने किन जनता र कार्यकर्ताको सम्झना नआउँदोरहेछ ?’

पूर्वमाओवादी श्रेष्ठका अनुसार वैद्यका रक्सी खाने साथी यानप्रसाद गौतम आलोक थिए । वैद्यकै प्रस्तावमा आलोकलाई केन्द्रीय सदस्य बनाइएको थियो । पछि यौनकाण्डमा मुछिएका आलोक पार्टीको आन्तरिक हिरासतमा रहेका बेला नेपाली सेनाको इन्काउन्टरमा मारिए ।

रवीन्द्रले वैद्यमाथि आरोप लगाउँदै भनेका छन्-‘घाइतेहरुलाई उपचार गर्ने पैसा नभए पनि वैद्य र आलोकलाई रक्सी नभई नहुने बानी कहिल्यै गएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?