Comments Add Comment

चार महिनामा २२ प्रतिशतले बढ्यो राजस्व

Rajasho

२५ मंसिर काठमाडौं । आर्थिक वर्ष २०७१/७२ को कात्तिक मसान्तसम्ममा १ खर्ब १४ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत वर्षको यसै अवधिको भन्दा २१.८१ प्रतिशतले बढी हो ।

यस अवधिमा १ खर्ब ६ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षभरमा ४ खर्ब २२ अर्व ९० करोड राजश्व संकलनको लक्ष्य छ ।

कुल राजश्व संकलनमध्ये कर राजश्व बापत १ खर्ब ३ अर्व १ करोड ८७ लाख र गैरकर राजश्वतर्फ ११ अर्व ८६ करोड ७२ लाख संकलन भएको छ अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७०/०७१ कात्तिक महिनामा २१ अर्व ८८ करोड ६३ लाख राजश्व संकलन भएकोमा आव २०७१/०७२ को सोहि अवधिमा ३० अर्व ६१ करोड २६ लाख संकलन भई अघिल्लो वर्षको यस अवधिको तुलनामा ३९.८७ वृद्धिदर रहेको छ ।

आव २०७१/०७२ कात्तिक महिनासम्मको मुख्य शीर्षकहरुको कूल राजश्वको अवस्थालाई विश्लेषण गर्दा मूल्य अभिवृद्धि करको योगदान ३२५, भन्सार महसूलको योगदान २१५, आयकरको योगदान १४५ रहेको छ भने अन्तःशुल्कको अंश १५५ र गैरकर राजश्वको अंश ११५ रहेको छ ।

गत वर्ष कार्तिक महिनासम्ममा भन्सार महसुल २० अर्व २ करोड ६० लाख संकलन भएकोमा यस वर्ष सोही अवधिसम्ममा २४ अर्व ३५ करोड २ लाख संकलन भएको छ । गत आर्थिक वर्षको कार्तिक महिना सम्ममा मूल्य अभिबृद्धि कर ३१ अर्व ३९ करोड ८५ लाख रुपैयाँ संकलन भएकोमा यस वर्षको सोही महिना सम्ममा ३७ अर्व ९ करोड ८१ लाख संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अन्तःशुल्कतर्फ गत आवको कात्तिक महिना सम्ममा १४ अर्व ५ करोड ८ लाख संकलन भएकोमा यस वर्षको सोही महिनासम्ममा १६ अर्व ८९ करोड ४० लाख संकलन भभएको छ ।
त्यसैगरी आयकरतर्फ गत आवको कात्तिक महिनासम्ममा १२ अर्व ७० करोड १३ लाख रुपैयाँ संकलन भएकोमा यस वर्षको कात्तिक महिनासम्ममा १६ अर्व २७ करोड १६ लाख संकलन भएको छ ।

त्यस्तै, रजिष्ट्रेशन दस्तुर, सवारी साधनकर र अन्य करको गत वर्षको कात्ति महिनासम्ममा ४ अर्व ९५ करोड ८३ लाख असूली भएकोमा यस वर्षको कार्तिकसम्म ८ अर्व ४० करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । गैरकर राजश्वतर्फ गत आवको कात्तिक महिनासम्ममा ११ अर्व १८ करोड ३७ लाख संकलन भएकोमा यस वर्ष कात्तिक महिनासम्ममा ११ अर्व ४८ करोड ८५ लाख संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment