+
+
Shares

पौडी खेल्ने क्रममा त्रिशूलीमा दुई बालिका बेपत्ता, खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते २१:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुई बालबालिका त्रिशूली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
  • बेपत्ता हुने बालबालिकाको उमेर ११ वर्ष रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ।
  • सशस्त्र प्रहरी बलले खोजी कार्यका लागि विशेष टोली परिचालन गरेको छ।

३० वैशाख, काठमाडौं । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् ।

मंगलबार साँझ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिर स्थित त्रिशुली नदिमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार, बेपत्ता हुनेमा ११ वर्षिया जेनी डंगोल र ११ वर्षिया सदीक्षा राई छन् । उनीहरूको खोजी कार्य जारी छ ।

खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?