Comments Add Comment

पञ्चकन्या समूहले गर्‍यो हिमाल चढ्ने महिलालाई विदाई

Seven-summit-new--

२६ मंसिर, काठमाडौं । व्यावसायिक घराना पञ्चकन्या समूहले अन्टार्कटिकाको ४८ सय ९७ मिटर अग्लो भिन्सन म्यासिफ शिखर आरोहण गर्न जान लागेका ‘सेभेन समिट वुमन टिम’ का सात जना नेपाली महिलाहरुलाई विदाई गरेको छ ।

उक्त टिम बुधबार त्यसतर्फ जाँदैछ । टिमले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अष्ट्रेलिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिकाका सबै उच्च शिखरहरुको आरोहण गरिसकेको छ ।

समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ र कार्यकारी निर्देशक उज्वलकुमार श्रेष्ठले आर्थिक सहयोगस्वरुप चेक तथा पञ्चकन्या समूहको लोगो अंकित व्यानर हस्तान्तरण गरेका छन । समूहले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सेभेन समिट वुमन टिमलाई सुरु अवस्थादेखिनै निरन्तर सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment