Comments Add Comment

नेपालमा आइफोनको मूल्य ८२ हजारदेखि १ लाख १८ हजारसम्म

iphone_6एप्पलको आइफोन ६ को मूल्य नेपालमा ८२ हजार रुपैयाँबाट सुरु हुने भएको छ ।

यसै सातादेखि नेपालमा आधिकारिकरुपमा बिक्रि खुल्ला गर्न लागेको एप्पलले ‘आइफोन ६’ र ‘आइफोन ६ प्लस’ का बिभिन्न क्षमताका सेटको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार १६ जीबी क्षमताको आइफोन ६ को मूल्य ८१ हजार ९ सय पर्ने छ भने ६४ जीबीका लागि ९२ हजार ४ सय पर्ने छ । यस्तै १२८ जीबी क्षमताका लागि १ लाख ४ हजार ९ रुपैयाँ तोकिएको नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवनकुमार भिमसरियाले जानकारी दिए ।

१६ जीबीको आइफोन ६ प्लसको मूल्य ९२ हजार ४ सय, ६४ जीबीलाई १ लाख ४ हजार ९ सय र १२८ जीबी क्षमताका लागि १ लाख १७ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ ।

यो मूल्यमा नेपाल सरकारले तोकेको १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट)समेत समावेश गरिएको भिमसरियाले जानकारी दिए । बिलसँगै ग्राहकले १ बर्षे वारेन्टी कार्डसमेत पाउनेछन् ।

एप्पलले नेपालमा बण्डलिङ र ननबण्डलिङ गरी दुई बिधिमा आइफोन बेच्ने छ । बण्डलिङ अन्र्तगत एनसेलले आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लस बिक्रि गर्ने छ । जसमा ६ महिनाका लागि निश्चित डाटा फि्रसहित मासिक किस्ताबन्दीको ब्यबस्था गरिएको छ ।

ननबण्डलिङ सेटका लागि एप्पलका काठमाण्डौमा रहेका ६ वटा आधिकारिक खुद्रा बिक्रि स्टोरमा बुकिङ खुला गरिएको छ । इभो स्टोर र फ्युचर वर्ल्डका दरबारमार्ग, सिटी सेन्टर, सििभल मल र जावलाखेलमा रहेका स्टोरमा ग्राहकले आइफोन बुकिङ गर्न सक्नेछन् ।

ग्राहकलाई आगामी शुक्रबारबाटै आइफोन बितरण गर्न सुरु गरिने भिमसरियाले जानकारी दिए । ‘शुक्रबार काठमाण्डौमा आइफोनको औपचारिक लन्च हुँदैछ’ भीमसरियाले भने-त्यही दिनबाटै ग्राहकलाई आइफोन दिन सुरु गर्दैछौं ।’

वारेन्टी, बिल र बिक्रिपछिको भरपर्दो सेवाका कारण ग्राहकले आधिकारिकरुपमा भित्राइएका आइफोन नै खरिद गर्ने बिश्वास उनले ब्यक्त गरे ।

‘१३ प्रतिशत भ्याटलाई घटाउनुभयो भने आधिकारिकरुपमा बेचिने सेट अबैधानिकरुपमा भित्राइएका सेटभन्दा धेरै महंगो छैनन्’ उनले भने-‘हिजो बिकल्प नभएको अबस्थामा ग्राहक त्यस्ता सेट किन्न बाध्य थिए तर यति ठूलो रकम खर्च गरेपछि अब ग्राहकले अबैधानिक आइफोन किन्दैनन् ।’

iphone-price-in-nepalएनसेलले बण्डलिङ सेटमा किस्ताबन्दी अफर ल्याएजस्तै एप्पलका खुद्रा बिक्रेता इभो स्टोर र फ्युचर वर्ल्डले पनि बिभिन्न बैंकसँगको सहकार्यमा मासिक किस्ताबन्दीको सुबिधा दिएका छन् ।

मूल्यमा एनसेलको बण्डलिङ र खुला बजारमा पाइने ननबण्डलिङ आइफोनमा खासै ठूलो भिन्नता छैन् । एनसेल बण्डलिङमा आइफोन ५ एससमेत किन्न पाइन्छ भने खुला बजारमा तत्कालै ५एस उपलब्ध छैन् । यस्तै एनसेलले आफ्नो किस्ताबन्दी फोन किन्दा ६ महिनासम्म निश्चित मात्रामा डाटा निःशुल्कसमेत दिन्छ ।

एनसेलको आइफोन किस्ताबन्दी अफरबारे थप जानकारी लिन यो समाचार पढ्नुहोस् । एनसेलबाट मासिक किस्तामा आइफोन किन्न पाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment