Comments Add Comment

जाडोमा रक्सी खर्च बढ्छ दीपाश्रीको

deepa-shree-niraula
काठमाडौं । टेलिश्रृङखला ‘तीतो सत्य’ हेर्ने दर्शकका लागि लाग्न सक्छ दीपाश्री निरौला निकै छुच्ची छिन् । किनकी सिरियलको प्रत्येक एपीसोडमा उनले दीपकलाई पेल्न खोजेजस्तो देखिन्छ ।

यथार्थमा दीपाको स्वभाव त्यस्तो छैन । उनी निकै मनकारी छिन्, साथीभाईलाई खुब माया गर्छिन् । मन मिल्ने साथीहरु जम्म गरेर बेला बेलामा पार्टी समेत गर्ने गरेकी यी हिरोइनको अनुभवले भन्छ- ‘रक्सिले मान्छेलाई नजिक बनाउँदो रहेछ ।’

त्यसरी पार्टी गरेकै कारण जाडो याममा रक्सिमा लगानी अलि बढी हुने गरेको छ उनको । ‘हो, जाडो महिनामा रक्सीमा अलि धेरै लगानी हुन्छ ।’ नयाँ पत्रिका दैनिकसँग कुरा गर्दै दीपाले भनिन् ।

काठमाडौमा नयाँ घर किनेकी उनले भर्खरै घर किन्दा लागेको ऋचा चुक्ता गरिन् । तर, उनले काम गरेवापत पाउनु पर्ने पैसा पुरा पाएकी छैनन् भन्छिन । ‘मैले काम गरेवापत पाउनुपर्ने पैसा सबैले दिने हो भने ४० लाख जम्मा हुन्छ ।’

बजार मूल्य अकासिएकोमा चिन्तित छिन् उनी । दाल, चामल, तरकारीदेखि लत्ता कपडामा समेत मुल्य अत्याधिक बढेको महसुस् गरेकी छिन् उनले ।

छोरी भए पनि छोराको कर्तब्य निर्वाह गरेको दाबी गर्छिन् उनि । बुबा आमाको जिम्मा उनैले लिएका छिन् । त्यसकारण औशी पूणिर्मादेखि सामान्य चाड पर्वमा समेत उनको घरमा पाहुनाको उपस्थिती राम्रै हुन्छ ।

पाहुनाको उपस्थितीले खर्च बढेपनि रमाइलो लाग्ने उनले बताइन् । औसतमा ३० देखि ५० हजार रुपैयाँले घर खर्च पुग्ने गरेको दीपाले जानकारी दिइन् । कपडामा मासिक १०-१५ हजार, खाद्यान्नमा ७-१० हजार खर्च हुने गरेको हिसाव सुनाइन् । तर, खर्चको टिपोट भने गर्दिनन् ।

त्यसो त उनले पैसा धेरै हराउने पनि गरेकी छिन् । केही दिन पहिले घरबाटै उनको पाँच लाख रुपैयाँ चोरी भयो जसको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment