बलिउड नायक सलमान खानको घर बाहिर विरोध प्रदर्शन गरिएको छ । उनको घर बाहिर विरोध प्रदर्शन भएपछि प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।
केही दिन अगाडि सलमान श्रीलंका पुगेका थिए । सलमान श्रीलंका पुगेपछि केही तामिल समहुले विरोध गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । सलमान खान नायिका ज्याकलिन फर्नान्डेजको साथमा श्रीलंका पुगेका थिए ।
विरोध प्रदर्शन गरिरहेका तामिलहरुले सलमानलाई आफ्नो मनबाट हटाएको भन्दै उनी श्रीलंका जान नहुने बताएका छन् । यस बिषयमा सलमान खानले माफी नमागेसम्म विरोध प्रदर्शन नरोकिने उनीहरुको भनाई छ ।
सलमान खान श्रीलंका पुगेर चाडै नै हुन लागेको राष्ट्रपति चुनावका लागि महेन्द्र राजापाक्षेको पक्षमा भोट मागेका थिए । सलमानको यो कार्यको विरोध गर्दै तामिल समुहले विरोध जनाएको हो ।
श्रीलंकामा भोट माग्दै सलमान र ज्याकलिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4