Comments Add Comment

नेपाली गीतमा रमाउँदैछिन् खर्साङे चेली

Nikhita Thapa
काठमाडौं । निखिता थापा नवोदित गायिका हुन् । तर, उनको स्वर सुन्दा लाग्छ- उनी स्थापित गायिका हुन् । दार्जीलिङको खर्साङमा जन्मिएकी निखिता काठमाडौं बस्न थालेको ५ महिना हुन लाग्यो । ‘संगीतमै करिअर बनाउनु छ, अरु काम छोडेर संगीतमै लाग्छु ।’ निखिताले भनिन् ।

उनका बुबा भुवनेश थापा भारतीय सेनामा छन् । तर, सगीतको सम्मान गर्छन् । बुबा आमाको सहयोगकै कारण संगीतमा लाग्न सम्भव भएको धारणा राख्ने निखिताले ‘भातखण्डे संगीत शिक्षापिठ’वाट पण्डित ध्रुव घोषावाट प्रशिक्षण समेत लिइन् , जो ग्रामी अवार्ड बिजेता समेत हुन् ।

संगीतमा बिसारत गरेकी निखिताले अहिलेसम्म १६ वटा नेपाली गीत गाएकी छिन् । दुई फिल्म ‘थ्री लभर्स’ र ‘लभ यू बाबा’ मा समेत गाएकी निखिताले फिल्मी संगीतवाट भने वाहवाही पाउन सकेकी छैनन् ।

उनले गाएको गीतको राम्रै चर्चा भएपनि दुबै फिल्म ब्यबसायिक रुपमा असफल भएकाले फिल्मी संगीतको चर्चा अलि कम भयो । तीन महिना अघि मात्रै ‘निखिता’ नाम राखेर सोलो एल्बम निकालेकी उनले दिनेश अधिकारीको शब्द र हरि लम्सालको संगीतमा गाइन् ।

गोबिन्द उपाध्यायको ‘सत्यता-२’ मा गाएको उनको गीत इमेज अवार्डमा मनोनयमा परेको थियो । केही टेलिसिरियलका शीर्ष गीतमा समेत स्वर दिएकी निखिता अरुणा लामा र लता मंगेशकरको स्वरवाट प्रभावित छिन् ।

उनलाई गायनका लागि प्रस्ताव गर्नेहरु बढ्दैछन् । सबै वर्गका स्रोतालाई मन पर्ने गीत गाउने योजनामा रहेकी निखिताले नेपाली म्युजिक भिडियो गुणस्तरीय भएको अनुभव समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment