Comments Add Comment

बुढेसकालमा पनि उत्तिकै हट छन् यी हिरोइन

मानिसहरु ४० बर्ष लागेपछि बुढ्यौली लाग्यो भन्न थाल्छन् । तर, ६० बर्षसम्म पनि बुढ्यौली लाग्दैन, जवानीमा जस्तै हट रहिरहन सकिन्छ भन्ने प्रमाणका लागि बलिउड पर्याप्त छ । भर्खरै ४१ वर्ष लागेकी ऐश्वर्याको ‘ब्युटि लुक्स’ र ६० वर्ष पार गरेकी रेखाको ‘बोल्ड शैलि’ को भारतीय चलचित्रमा छुट्टै महत्व छ ।

‘टाइम्स अफ इण्डिया’ले त्यस्ता केही हिरोइनको सुचि तयार पारेको छ, जसको उमेरले सौन्दर्यमा कुनै असर गरेको छैन । हेरौं को को रहेछन् ती हिरोइन् –
aishrya

४१ वर्षकी ऐश्वर्या रायको उमेरको कुरा गर्ने हो भने गालामा चाउरी देखिने बेला भयो भन्दा पनि फरक पर्दैन । एक छोरीकी आमा समेत रहेकी ऐश्वर्याको सौन्दय चर्चा अहिले पनि सबै भन्दा धेरै हुने गरेको छ बलिउडमा । पूर्व मिस वर्ल्ड समेत रहेकी ऐश्वर्या अहिले पनि कुनै १६ वर्षे किशोरी भन्दा कम लाग्दिनन् । उनलाई अभिनय गराउने धेरै निर्देशक उनको सौन्दर्यवाट प्रभावित छन् ।

माधुरी दिक्षित ५० वर्ष पूरा भएको समाचार छापिन अब तीन वर्ष मात्रै बाँकी छ । उमेर जतिसुकै होस् उनको छालाको चमकको कुरा अहिले पनि ताजा बहसको विषय हुने गरेको छ । अहिले पनि धकधक गर्ल भनिने माधुरी उमेरको तुलनामा कलिली देखिने नायिका मध्ये एक हुन् । बेलाबेलामा विभिन्न रियालीटी शोमा देखिने माधुरी अहिले पनि बेजोड नृत्य गर्छिन् ।
Kajol
४० वर्ष पूरा भइन् काजोल पनि । ६ पटक फिल्मफेयर अवार्ड पाएकी काजोलको सौन्दर्य हेरेर लोभिने दर्शक धेरै छन् । अजय देबगणसँग बिबाह गरेकी काजोल पछिल्लो समय अभिनयमा त्यति देखिएकी छैनन् ।

पूर्व मिस युनिभर्स एवं नायिका सुस्मिता सेनले पनि ४० औं वसन्त पार गरिन् । तर अहिले पनि उनी उत्तिकै हट र बोल्ड छिन् जतिबेला उनी मिस युनिभर्सको टाइटल जितेकी थिइन् ।
silpa

एक सन्तानकी आमा बनेकी शिल्पा शेट्टीको सौन्दर्यमा कुनै कमी आएको छैन । स्लीम बडी र चम्किलो छालाले उनी अझै पनि तरुनी देखिन्छिन् । बिबाहपछि अभिनयमा निस्कृय भएपनि रियालीटी शो मा भने उनको उपस्थिती बाक्लिंदो छ ।

जुही चावलाको जोश र जाँगर देखेर अहिले पनि कतिपय बलिउडकर्मी लोभिने गर्छन् । ४७ वर्ष पूरा भएकी जुही पछिल्ल्ाो समय फिल्म अभिनयमा त्यति सक्रिय छैनन् । तर, सार्वजनिक कार्यक्रममा उनको उपस्थित सक्रियतापूर्वक हुने गरेको छ ।
MAHESH ABEYEWARDENE
रेखा ६० वर्ष, श्रीदेबी ५० वर्ष

बोल्ड एण्ड ब्युटि भनेर चिनिन्छिन् रेखा । उमेरले ६० वर्ष पूरा भइन् तर, उनको ग्ल्यामरको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ । अबिबाहित रेखा पछिल्ला केही वर्ष भने अभिनयमा निस्क्रिय छिन् ।

छोरीलाई हिरोइन बनाउने तयारीमा रहेकी श्रीदेबी पनि उमेरले ५० पुरा हुन लागिन् । श्रीदेबी पनि शरीरको ख्याल गर्ने हिरोइनको रुपमा चिनिन्छिन् । दुई वर्ष अगाडी ‘इङ्लीस वीङ्लीस’ मा अभिनय गर्दा उनको सौन्दर्यको राम्रै चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment