+
+
Shares

‘अलोन’ एक्लै नहेर्न विपाशाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २२ गते १५:०७

जनवरी १६ मा बलिउड नायिका विपाशा वासुको नयाँ हरर चलचित्र ‘अलोन’ प्रदर्शनमा आउँदैछ । विपाशा यतिबेला हरर चलचित्रमा आफ्नो भाग्य चम्काउँदैछिन् । विपाशाले ७ वटा यस्ता हरर चलचित्रमा काम गरिसकेकी छिन् । जसबाट उनलाई सफलता र तारिफ पनि मिलेको छ ।

bipasha-basu
तर, उनै विपाशाले आफ्नो चलचित्र ‘अलोन’ एक्लै नहेर्न चेतावनी दिएकी छिन् । उनले यस्तो चेतावनी दिनुको पछाडि चलचित्रको कथा र दृश्य डरलाग्दा हुनु हो । चलचित्रमा विपाशा दोहोरो भूमिकामा छिन् । उनले भनिन्-‘म चाहन्न कि सधै आइटम गीतमा मात्र नृत्य गरौ । यो चलचित्रमा मैले आफ्नो अभिनय कला पनि देखाउने मौका पाएकी छु ।’

विपाशाले चलचित्रमा थुप्रै अन्तरंग दृश्य पनि दिएकी छिन् । गीतमा दिइएको यस्ता दृश्यले विपाशाको ग्ल्यामर छविको चर्चा पनि खुबै चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?