+
+
Shares

घोप्टो परेर सुत्दा आकस्मिक मृत्युको जोखिम

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १२ गते ८:१०

sleeping
तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।

खासगरि छारे रोग भएका मानिसहरु पेटमा दबाब पर्नेगरि घोप्टो परेर सुत्नु सबैभन्दा खतरनाक हुने शोधकर्ताहरुको ठहर छ ।

अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले अनियन्त्रित छारे रोग भएका मानिसहरुमा मृत्युको कारण आकस्मिक मरण नै रहेको र त्यस्तो मरण मानिस सुतेको बेला नै हुने गरेको पाइएको छ । शोधकर्ता जेम्स ताओका अनुसार विभिन्न २ सय ५३ वटा मृत्युका घटनाका विषयमा भएका २५ वटा अध्ययनको विश्लेषण गरि यस्तो निष्कर्ष निकालिएको हो ।

छारे रोग लागेका मानिसहरु जो सुतेको सुत्यै मर्दछन् उनीहरु मध्ये ७३ प्रतिशत मानिसहरु घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाइयो ।

छारे रोगका विरामीहरु कुनैपनि समयमा अचेत हुने र अचेत भएपनि आफै उठ्ने क्षमता हुँदैन । पेट थिचेर सुतेको अवस्थामा अचेत हुँदा त्यस्ता रोगीहरुको स्वास प्रस्वास प्रक्रियामा समेत अवरोध हुने र अन्य मानिसले समेत बेहोस भएको भेउ नपाउने भएकाले बेहोस भएको छारे रोगीको उद्धार हुने र ब्युँझिने सम्भावना कम हुन्छ ।

शोधकर्ताहरुले छारे रोग भएकाहरुले कोल्टे परेर सुत्नु सबैभन्दा उत्तम हुने सल्लाह दिएका छन् । अनलाइन जर्नल न्युरोलोजीमा यस सम्बन्धि शोध प्रकाशित भएको छ ।
विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?