+
+
Shares

एनसेलले ल्यायो भ्यालेनटाइन अफर

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १८ गते १०:१५

१८ माघ, काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि भ्यालेनटाइन दिवसको अवसर पारि नयाँ योजना ल्याएको छ । यस अभियानमा सहभागी हुने एनसेलका प्रि-पेड ग्राहकहरुले हरेक दिन प्रेम सम्बन्धित उद्धरण Ncell-Towerतथा कुनै एक विशेष नम्बरमा कल गर्दा एसएमएस बोनस पाउने छन् ।

यो योजना माघ १८ देखि शुरु भई फागुन १६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यसमा एनसेलका सम्पूर्ण प्रि-पेड ग्राहकले १७११४ डायल गरी निःशुल्क सहभागी भई कुनै पनि एक एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गर्न सक्छन् ।

पेयर गरे पश्चात उक्त नम्बरमा प्रत्येक पटक कल गर्दा ग्राहकले २ वटा एसएमएस बोनस स्वरूप पाउने बताइएको छ । साथै, योजना अवधिभर हरेक दिन प्रेम सम्बन्धित उद्धरण पनि निःशुल्क प्राप्त गर्नेछन् ।

यसरी पेयर गरेको नम्बरमा कल गर्दा प्रत्येक दिन प्राप्त हुने वोनसलाई ग्राहकले सोहि नम्बरमा त्यसै दिनको मध्यरातसम्म निःशुल्क एसएमएस पठाउन प्रयोग गर्न सक्छन् ।

प्रेम र मित्रता दिवसको रुपमा मनाइने भ्यालेन्टाइन दिवसलाई मध्यनजर गरी ल्याएको यस योजनाले ग्राहकलाई भ्यालेनटाइन महिना अझै रोचक बनाउन मद्दत गर्ने विश्वास एनसेलका कर्पोरेट संवाद् विज्ञ मिलन शर्माले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?