Comments Add Comment

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको गणना सुरु

BAKE-National-Parkआरपी सुवेदी
१९ माघ, नेपालगन्ज । बाँके राष्ट्रिय निुकञ्ज क्षेत्रमा रहेका पाटेबाघको अवस्था बुझ्न र गणना गर्न क्यामरा ट्रयापिङ कार्यको थालनी गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा कम्दी जैविक मार्ग गरी ३ वटा ब्लकमा विभाजन गरेर क्यामरा ट्रयापिङमार्फत गणना शुरु गरिएको जानकारी दिए ।

एक समुहमा ७ जनाको दरले २८ जना गणनाका लागि खटिएका छन् । ५० दिनमा बाघको गणना सक्ने लक्ष्य लिइएको छ ।

‘एउटा ब्लकमा बाघको गणना गर्न कम्तीमा पनि १५ दिन लाग्छ । क्यामेराको अवस्थाको लागि निरन्तर अनुगमनका लागि जनशक्ति खटिएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले भने ।

अहिले पहिलो ब्लकको बाघ गणना शुरु गरिएको छ । जसमा ६८ वटा ग्रिडमा क्यामरा जडान गरिएको छ । २×२ वर्ग किलोमिटरको फरकमा निर्माण गरिएको ग्रिडको दायाँवायाँ २ वटा क्यामरा राखिएको छ । सो क्यामराले १ सेकेन्डमा ३ वटासम्म फोटो खिच्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिष्ट गोपाल भट्टराईले जानकारी दिए ।

Camera-Trapping

  • निकुञ्जमा क्यामरा जडान गर्दै प्राविधिक

निकुञ्ज भित्र अनाधिकृत पसेर जंगली जनावरको सिकार गर्ने चोरी सिकारीको गिरोहलाई पनि समात्नको लागि यो प्रविधि राम्रो हुने मानिएको छ ।

बाघको गणनासँगै आहारा जन्य प्रजातीको पनि अनुगमन गरिने छ । निकुञ्जका अनुसार सन् २०१३ मा गरेको अनुगमनमा २ वटा भाले र एउटा पोथी गरी ३ वटा पाटेबाघ क्यामरा ट्रयापिङमा परेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक फणिन्द्र खरेलले निकुञ्ज भित्र राखिएको क्यामेरा ट्रयापिङ सिस्टमको उदघाटन गरेका थिए । उनले जंगल भित्र राखिएका दुई क्यामेराको बीचबाट हिँडेर उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment