Comments Add Comment

डेढ करोडमा बन्दैछ ‘ह्याप्पी डेज’, सबै सुटिङ यूरोपमा

चलचित्रकी लेखिका रेनाशा राई र निर्देशक मिलन चाम्स
चलचित्रकी लेखिका रेनाशा राई र निर्देशक मिलन चाम्स

यसअघि ‘हँसिया’ चलचित्र बनाएका मिलन चाम्सले ‘ह्याप्पी डेज’ बनाउने तयारी गरेका छन् । राजेन्द्र भट्टको निर्माणमा तयार हुन लागेको चलचित्रलाई चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

चलचित्रमा कोरियोग्राफर रेनशा वान्तवा राइको कथा, पटकथा तथा संवाद गणेश देव पाण्डेको रहनेछ । यो चलचित्रको छायांकन बेलायत, स्कटल्याण्ड र वेल्जियममा हुने पक्का भएको निर्देशक चाम्सले बताएका छन् । चलचित्रमा मल्टी स्टारर कलाकार राख्ने तयारी यसको निर्माणपक्षले दिएको छ ।

कलाकार तथा प्राविधिक नेपालबाटै लगेर छायांकन गर्ने तयारी गरिएको छ । साथमा चलचित्रमा हलिउडका अनुभवी प्राविधिकहरुले पनि काम गर्ने निर्देशक चाम्सले जानकारी दिएका छन् । चलचित्रको बजेट डेढ करोड भन्दा माथि रहेको बताइन्छ ।

प्रेम, एक्सन र कमेडीको मिश्रण रहने ‘ह्याप्पी डेज’को छायांकन ४ जुनबाट सुरु गर्ने तयारी समेत गरिएको छ । नेपाली चलचित्रले ओभरसिज मार्केटको खोजी गरिरहँदा अहिले चलचित्रको छायांकन पनि विदेशमा गर्न थालिएको छ । यूरोपका विभिन्न देशमा अहिले नेपाली चलचित्रको छायांकन गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment