+
+
Shares

नाइजेरियामा ७० जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते १०:५१

२२ माघ, एजेन्सी । बोको हराम लडाकूको आक्रमणबाट क्यामरुनमा ७० जनाको मृत्यु भएको छ । नाइजेरियासँग सीमा जोडिएको फोटोकलमा इस्लामिक विद्रोही बोको हरामका लडाकुहरुले आक्रमण गरेका थिए ।

troops_in_nigeria

उनीहरुले मस्जिद र घरहरुमा आक्रमण गरेका थिए भने ठुलठूला बिल्डिङहरुमा आगो लगाएका थिए । कतिपयको घाँटी रेटेर बिभत्स हत्या गरिएको बीबीसीले जनाएको छ ।

सरकारी सुरक्षाकर्मीहरुले विद्रोहीहरुलाई लखेटेको भोलिपल्टै यो आक्रमण भएको हो ।

पछिल्लो ६ बर्ष यता बोको हराम र सरकारी सुरक्षाकर्मीको आक्रमणबाट हजारौं नागरिकको मृत्यु भएको छ । लाखौं नागरिक विस्थापित भएका छन् ।

पूर्वोत्तर नाइजेरियाका धेरै क्षेत्र बोको हरामले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?