+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हस्ताक्षर कीर्ते गरेर ‘मालदार’लाई सभासद बनाइयो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २७ गते १५:४३

२७ माघ, काठमाडौं । एमाओवादीका पोलिटब्यूरो सदस्य प्रभु साहले ल्यारक्याल लामालाई सभासद बनाउँदा केन्द्रीय सदस्यहरुको हस्ताक्षर कीर्ते गरिएको भन्दै आपत्ति जनाएका छन् ।

Prabhu Shah
प्रभु साह

सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै एमाओवादी नेता साहले मधेसी दलितको कोटा खोसेर ‘मालदार’ एवं विवादास्पद व्यक्तिलाई सभासद बनाइएको भन्दै एमाओवादी नेतृत्वको आलोचना गरेका छन् ।

‘पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्ताव एवं छलफल त के, सामान्य जानकारी नै नगराएको विषयलाई केन्द्रीय समितिको निर्णय भनेर केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पुस्तिका निर्वाचन आयोगमा पेश गर्नुलाई चरम लापरवाही, अविश्वास एवं भद्दा छलछामबाहेक अरु के भन्ने ?’ साहद्वारा जारी वक्तव्यमा भनिएको छ, यसले केन्द्रीय समितिको अपमानमात्र गरेको छैन, सिंगै पार्टीलाई नै नैतिक कठघरामा उभ्याइदिएको छ  ।’

एमाओवादी नेता साहले भनेका छन्- ‘मधेसी त्यसमा पनि दलित कोटालाई जबरजस्ती खोसी मालदार एवं विवादास्पद व्यक्ति ल्यारक्याल लामालाई गरेको नियुक्तिको सिफारिसले सिंगै पार्टीको मधेसीप्रतिको प्रतिवद्धता एवं गरीब दलित प्रतिको प्रतिवद्धताको साह्रै उपहासमात्रै गरेको छैन, प्रचलित कानूनको समेत उल्लंघन भएको छ ।’

पार्टीले यसअघि पूर्वमन्त्री एवं पूर्व सभासदलाई सिफारिस नगर्ने भनी गरेको निर्णय उल्लंघन भएको साहले बताएका छन् । साहले ल्हारक्याललाई सभासद बनाउने निर्णय तत्काल सच्याउन नेतृत्वसँग माग गरेका छन् ।

laharcal-lama
ल्यारक्याल लामा

नेताले जे पनि गर्न सक्दारहेछन्

ल्यारक्यालविरुद्ध आयोजित पत्रकार सम्मेलनमा साहले एमाओवादीविरुद्ध तराई मधेसमा ठूलो माहोल बन्दै गैरहेका बेला पार्टीको यो निर्णयले त्यसलाई थप बल पुर्‍याएको बताएका छन् ।

उनले मधेसी दलित कोटामा गरिएको यो नियुक्तिलाई स्वीकार्न नसकिने बताए । यो घटनाले  कीर्ते हस्ताक्षर गरेर नेताहरुले जे पनि गर्न सक्दा रहेछन् भन्ने कुरा देखिएको भन्दै उनले आफ्नै नेतृत्वको आलोचना गरे ।

हेर्नुहोस् साहको विज्ञप्ति-

lyarkal
याे पनि पढ्नुहाेस्

ल्यारक्याल विज्ञ व्यक्ति हुन्ः एमाओवादी

ल्यारक्याल प्रकरणमा बाबुरामको स्पष्टीकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?