+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

समुद्रमा डुंगा डुब्दा २ सय जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते १५:४४

२८ माघ, काठमाडौं ।  आप्रवासीहरु बोकेको डुंगा भूमध्यसागरमा डुब्दा २ सय जना भन्दा बढीको ज्यान गएको छ ।

Migrant sinking in Med kills 200गएको शनिवार लिबियाको तटिय क्षेत्रबाट युरोप छिर्न चाहने आप्रवासीहरु बोकेर हिँडेका दुईवटा मोटरबोट इटालीको लाम्पेडुसा टापु नजिकैको समुद्रको छालमा असन्तुलित भई भूमध्यसागरमा डुब्दा २ सय ३ जनाले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परेका ९ जनालाई भने ४ दिनको अथक प्रयासपछि जिवितै उद्दार गर्न सफल भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालयकी प्रवक्ता कार्लोट्टा सामीले बताएकी छिन् । सामीले यो दुर्घटनालाई त्रासदीपूर्ण र दुःखद भनेकी छिन् ।

दुबै डुंगामा १-१ सय जना भन्दा बढि मानिस चढेका थिए ।

जिवितै उद्धार गरिएका नौं जना मानिसहरु सबै फ्रेन्च भाषा बोल्ने र उनीहरु पश्चिम अफि्रकाको भएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?